२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दुवादी पार्टी राप्रपाले क्रिश्चियनलाई समानुपातिक सांसद बनाएपछि तरङ्ग

२०७९, २८ मंसिर बुधबार ०८:३५

मङ्सिर २८, काठमाडौँ | हिन्दुवादी पार्टी राप्रपाले धर्म परिवर्तनको चर्को विरोध गर्दै आएको छ । सनातन हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएको पार्टीले मंसिर ४ को निर्वाचनअघि सार्वजनिक गरेको घोषणापत्रमा ‘योजनाबद्ध धर्म परिवर्तनलाई नियन्त्रण र निरुत्साहित गरिने’ उल्लेख गरिएको छ । 

यतिमात्रै होइन मठ मन्दिर, गुम्बा, मस्जिद, माङ्गहिम जस्ता धार्मिक संघसंस्थाहरुको विकास र संरक्षण गर्ने भनिएको छ । यस्तै क्रिश्चियन मेसिनरीहरुले कारण निरन्तर हिन्दु धर्म खुम्चिने क्रममा रहेको र धर्म परिवर्तन गराइने क्रम बढ्दो क्रममा रहेको भन्दै पार्टीले निरन्तर आवाज उठाउँदै आएको ​ छ । तर, सोही पार्टीले एक ‘क्रिश्चियन प्रचारक’ लाई प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएपछि पार्टीभित्र असन्तुष्टि सुनिन थालेको छ । राप्रपाले धादिङकी बिना लामालाई जनजाती कोटाबाट समानुपातिक सांसद बनाएपछि पार्टीभित्र असन्तुष्टि सुनिन थालेको हो । यसबारे पार्टी बाहिर पनि विभिन्न टीकाटिप्पणी भइरहेका छन् । 


केही नेताहरुले अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रै छलफलै नगरी बिनालाई समानुपातिक सांसद बनाएको आरोप लगाएका छन् । ‘हिन्दुवादी पार्टीमा क्रिश्चियन मेसिनरीको प्रवेश शोभनीय भएन । सुरुमा त हामीले निर्वाचन आयोगमा नाम गएको पनि थाहा पाएनौँ । आयोगले बन्दसूची सार्वजनिक गरेपछि मात्रै थाहा भयो । अहिले धर्म परिवर्तनमा सक्रिय क्रिष्चियन पास्टरलाई सांसद बनाउने काम भयो’, राप्रपाका एक नेताले बताए । बिना अघिल्लो स्थानीय तह निर्वाचनमा धादिङको रुबिभ्याली गाउँपालिकामा राप्रपाबाट उपाध्यक्ष थिइन् ।  

यसैबीच बिनालाई समानुपातिक सांसद बनाएको विषयमा पार्टीभित्र र बाहिर समेत टीकाटिप्पणी बढेपछि केही नेता भने बचाउमा उत्रिएका छन् । यसमध्येका एक प्रवक्ता मोहन श्रेष्ठले विभिन्न ९ बुँदामा पार्टीको तर्फबाट धारणा राख्दै बिनाको समानुपातिक यात्राको बचाउ गरेका छन् । श्रेष्ठले बिना हिन्दु राष्ट्रका लागि एक दशकदेखि संघर्षरत रहेको दाबी गर्दै उनी हिन्दु राष्ट्रकै एजेन्डा लिएर ०७४ मा धादिङको रुबीभ्याली गाउँपालिकाको उपाध्यक्षमा विजयी भएको उल्लेख गरेका छन् । ‘नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने पटक-पटकको सडक आन्दोलनमा बिना होमिएकी छिन् । नेपाल हिन्दु राष्ट्र हुनुपर्छ पनि भन्ने तर धर्म निरपेक्ष पक्षधरलाई भोट हाल्नेजस्तो अपराध बिनाले गरेकी छैनन्’, श्रेष्ठको भनाइ छ, ‘राप्रपाले हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चियन भनेर पार्टी सदस्यतामा विभेद गरेको छैन । पार्टीको एजेन्डा मुख्य सर्त हो। हरेक सदस्य पार्टीको नीति, विचार र सिद्धान्तप्रति समर्पित र प्रतिबद्ध हुनुपर्छ र छन् ।’

यसैगरी विश्व हिन्दु महासंघ नेपालले एमालेमा खस आर्यको कोटावाट एकनाथ ढकाल  र क्रिश्चियन मिसनमा संलग्न राप्रपाकी विना लामालाई जनजातिका नाममा समानुपातिक सांसद बनाएर हिन्दू राष्ट्र पुनःस्थापनाको  लक्ष्यलाई कमजोर पार्न खोजिएको भन्दै विरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा