१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार विश्वकपमा पुरानै विजेताले उपाधि जित्ने पक्का, यी हुन् अहिलेसम्मका विश्वकप विजेता

२९ मंसिर २०७९, बिहीबार ०५:५५

मङ्सिर २९, काठमाडौँ । सेमिफाइनलमा क्रोएसिया र मोरक्कोको चुनौती समाप्त भएपछि कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपमा नयाँ विजेता नहुने पक्का भएको छ ।

फाइनल पुगेका अर्जेन्टिना र फ्रान्सले यसअघि समान दुई पटक विश्वकप जितिसकेका छन् ।


पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले र दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले हराएर फाइनलमा स्थान बनाएका हुन् । यी दुई टोलीबीच आइबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

लगातार दोस्रो पटक सेमिफाइनल पुगेको क्रोएसिया र पहिलो पटक सेमिफाइनल पुग्दै इतिहास रचेको मोरक्कोबीच शनिबार तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ।

१९९८ मा डेब्यु विश्वकपमै सनसनी मच्चाउँदै तेस्रो भएको क्रोएसिया २०१८ मा उपविजेता बनेको थियो । मोरक्को भने विश्वकप सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्यो ।

फाइनलमा अर्जेन्टिना र फ्रान्स जो विजेता भएपछि तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्नेछ ।

अर्जेन्टिनाले यसअघि १९७८ र १९८६ मा विश्वकप जितेको थियो भने फ्रान्स १९९८ र २०१८ मा च्याम्पियन बनेको थियो ।

अहिलेसम्म फिफा विश्वकपको २१ संस्करण आयोजना भइसक्का ८ राष्ट्रले मात्र उपाधि जितेका छन् ।

सबै २२ वटै संस्करण खेल्ने एक्लो टिम ब्राजिलले सर्वाधिक ५ पटक उपाधि जितेको छ । यस्तै इटली र जर्मनी (पश्चिम जर्मनीसहित) समान ४ पटक तथा अर्जेन्टिना र फ्रान्ससँगै उरुग्वेल समान २ पटक जितेका छन् । इंग्ल्याण्ड र स्पेनले १-१ पटक विश्वकप जितेका छन् ।

यसपटक इटली बाहेक ७ वटै च्याम्पियनले कतारमा विश्वकप खेलेका थिए । इटली भने छनोट हुनै सकेन ।

यस्तै विश्वकपमा अहिलेसम्म कुल १३ राष्ट्रले फाइनल खेलेका छन् । ८ राष्ट्रले उपाधि जित्दा फाइनल पुगेर पनि चेकोस्लोभाकिया, हंगेरी, स्वीडेन, नेदरल्याण्ड्स र क्रोएशियाले उपाधि जित्न सकेन ।

नेदरल्याण्ड्स तीन पटक फाइनल पुगेर पनि तीनै पटक उपविजेता बन्यो । चेकोस्लोभाकिया र हंगेरी भने समान दुई पटक फाइनलमा पराजित भएका थिए । क्रोएसिया चार वर्षअघि रुसमा भएको विश्वकपमा पहिलो पटक फाइनल पुगेको थियो ।

यी हुन् अहिलेसम्मका विश्वकप विजेता


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह