१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

पंकजलाई छुटाउन नेहाका ससुराले अदालतमा हाले मुद्दा

१ पुष २०७९, शुक्रबार ०७:३८

पुस १, काठमाडौँ | दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीका ससुरा रामप्रेश चौधरी छोरा डा. पंकज चाैधरीलाई छुटाउन अदालत पुगेका छन् । रामप्रवेशले बिहीबार उच्च अदालत जनकपुरमा छोरा पंकजलाई छुटाउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन् । घरेलु हिंसा गरेको आरोपमा नेहाले जिल्ला अदालत महोत्तरीमा दर्ता गराएको मुद्दामा उनका श्रीमान् पंकज पक्राउ परेका हुन् ।


पंकजलाई तीन दिनअगाडि महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । नेहाले भने श्रीमान् पंकज, ससुरा रामप्रवेश र सासुसहित उनका परिवारका ६ जनामाथि घरेलु हिंसा र दाइजो विरुद्धको मुद्दा दर्ता गराएकी हुन् । पंकज पक्राउ परे पनि ससुरा, सासू सहित अन्य सबै फरार छन् । तर फरार रहेकै अवस्थामा रामप्रवेशले छोरालाई छुटाउन अदालत पुगेर बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराए ।नेहा भने ससुरा, सासुसहित दाइजोको निहुँमा यातना दिने सबैलाई पक्राउ गर्नुपर्ने माग गर्दै दुई दिनदेखि आन्दोलनरत थिइन् ।

आन्दोलनका क्रममा सवारी साधन तोडफोड गरेको आरोपमा नेहा र उनकी सहयोगी कुमारी आमा निहारिकालाई पनि प्रहरीले बिहीबार नियन्त्रणमा लियो । अहिले उनीहरू पनि प्रहरी हिरासतमै छन् । औरही नगरपालिका १ की नेहा र रामगोपालपुर ५ का डा. पंकजबीच गत फागुनमा विवाह भएको थियो । नेहाका परिवारले दाइजोमा ५१ लाख नगद र सुनचाँदी गरी करोडौँ दाइजो दिएको थियो । तर दाइजो कम भएको भनेर नेहालाई यातना दिएपछि यो घटना उग्र रूप लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट