२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्मरमा बाँधेको ५० हजार लुट्न राहत लिन भन्दै जंगल पुर्‍याएर ९० वर्षीया वृद्धाको हत्या

२०७९, १ पुष शुक्रबार ०८:२८

पुस १, काठमाडौँ | झुक्याएर जंगलमा लगी ९० वर्षीया महिलाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-३ स्थित पारीवनको पाखाको जंगलमा लगेर ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय नरेन्द्र शिवभक्तिलाई पक्राउ गरेको हो । 


गत मंसिर २० गतेदेखि घरबाट हराएकी डिल्ली पुतुवार २२ गते पारीवन पाखा सामुदायिक वनको खोल्सामा मृत भेटिएकी थिइन् । टाउको र मुखमा चोट लागेको अवस्थामा उनी मृत भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । पक्राउ परेका शिवभक्ति डिल्लीकै छिमेकी भएको पनि प्रहरीले जनाएको छ ।

यसरी भयो हत्या

गत २० गते डिल्ली पुतुवारलाई छिमेकी नरेन्द्र शिवभक्तिले चिसापानी चप्पल कारखानामा राहत बाँडिरहेको छ भनेर सुनाए । त्यसपछि पुतुवारले राहत दिएको ठाउँमा आफूलाई पनि लगिदिन आग्रह गरिन् । उनले नरेन्द्रलाई राहत ल्याइदिन र दिएको राहत आफूले उनैलाई दिने बताइन् । तर नरेन्द्रले उनलाई जंगलको बाटो डोर्‍याउँदै पारीवन पाखाको खोल्सामा पुर्‍याए । त्यसपछि नरेन्द्रले चुरोट खाउँ भनेपछि दुवैजनाले चुरोट सल्काए ।

डिल्लीको कम्मरमा बाँधेको पटुकीमा पैसा छ भन्ने थाहा पाएपछि नरेन्द्रले ढुंगाले टाउको र गर्धनमा हानेर हत्या गरे । त्यसपछि मृतकको शवलाई खोल्सामै लुकाएर उनीसँग भएको ४५/५० हजार रुपैयाँ लिएर नरेन्द्र घर फर्किए । हत्यापछि प्रहरीले खोजिरहेको शंका लागेपछि उनी फरार रहेका थिए । अनुसन्धानकै क्रममा उनलाई मंसिर २९ गते तारकेश्वर नगरपालिका-६ पुशलबाटै पक्राउ गरिएको एसपी कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल