२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविको पार्टीका सांसदलाई सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध!

२०७९, १ पुष शुक्रबार ०८:५२

पुस १, काठमाडौँ | पछिल्लो निर्वाचनमा उल्लेख्य जनमतसहित संसदमा चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुलाई सार्वजनिक रुपमा सञ्चारमाध्यममा  बोल्न प्रतिबन्ध लगाइएको छ।

समानुपातिक सांसद चयनमा नेतृत्वले पूर्वाग्रह राखेर आफ्ना मान्छेलाई सांसद बनाएको भन्दै विवादमा आएको सो पार्टीमा असन्तुष्टिलगायत अरू विषय बोल्न निषेध गरिएको हो।


सांसद पदको शपथ नलिएसम्म सबै सांसदलाई सार्वजनिक सञ्चारमाध्यमलगायत सार्वजनिक रूपमा अभिव्यक्तिमा पार्टीले प्रतिबन्ध लगाएको हो।

पार्टीको आधिकारिक नीति र विचार प्रस्ट नभएको सो पार्टीका नेताहरूले फरक फरक विचार राख्दै आएका छन्। साथै सरकारमा सहभागी हुने विषयमा फरक फरक मत सार्वजनिक भइरहेको छ। थप विवाद बाहिर नआओस् भनेर मिडियामा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको पार्टी स्रोतले जनाएको छ।

सांसदहरूका पछिल्ला अन्तर्वार्ता कन्ट्रोभर्सी (विवाद) भएपछि सभापति रवि लामिछानेले नबोल्न निर्देशन दिएका हुन्। एक नेताले भने, ‘‘मिडियामा अन्तरवार्ता दिन गएपछि धेरै प्रश्नहरू आउँछन्। पार्टीको नीति बिचार स्पष्ट छैन। सभापतिकै नागरिकता र पासपोर्ट विवाद छ। यसबारेका बहस गर्दा थप विवाद आइलाग्ने भएकाले मिडियामा नजाने भन्ने सर्कुलर आएको छ।’’

संघीय संसद्को चौथो शक्तिका रूपमा उदाएको रास्वपाका २० जना सांसद छन्। उनीहरू कसैलाई पनि अहिले सार्वजनिक मिडियामार्फत आफ्नो भनाइ नराख्न पार्टीले आन्तरिक बैठकमा भनेको हो। पार्टीको नीति बिचार सबन्धमा सांसदहरूले आफूअनुकुलको विचारबारे व्याख्या गरिरहेकाले अहिले नै दुई धार देखा परिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल