२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप २०२६ को फर्म्याटबारे पुनर्विचार गर्दै फिफा

१ पुष २०७९, शुक्रबार ११:००

पुस १, काठमाडौँ | जारी विश्वकप फुटबलको समूह चरण अहिलेसम्मकै सर्वाधिक रोमाञ्चक थियो । फिफा विश्वकपमा चार टिम सम्मिलित समूह चरण परीक्षणबाट प्रमाणित भइसकेको व्यवस्था हो । तर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा यसलाई पूर्ण रुपमा समाप्त पार्ने योजनामा छ । फिफाको यो सम्भावित कदमको ठूलो विरोध भइरहेको छ ।


सन् २०२६ मा उत्तर अमेरिकामा आयोजना हुने विश्वकपमा फिफाले ४८ टिम समावेश गर्ने तयारी गरेको छ । ४८ टिम सहभागी हुँदा तीन टिम सहभागी १६ समूह बनाउने र समुह चरणका विजेता र उपविजेता गरी ३२ टिमलाई नकआउट चरणमा लैजाने उनीहरुको प्रारम्भिक योजना हो ।

यसो गर्दा समूह चरणमा एक मृत खेलको जोखिम बढाउनेछ र अनावश्यक विवादलाई बढावा दिने आलोचकको तर्क छ । समूह चरणमा हरेक समूहबाट दुई टिम अर्को चरणमा प्रवेश गर्दा प्रतियोगिताका खेलहरु आश्चर्यजनक रुपमा सुस्त देखिने सम्भावना छ । त्यहाँ गैरखेलकुद व्यवहारको पनि आशंका गर्ने ठाउँ हुनेछ । जस्तैः एउटा समूहको अन्तिम खेलमा दुई टिम आमनेसामने हुँदै दुवैले आफ्नो पहिलो खेल जितेर नकआउट चरणमा पुगिसकेको स्थिति छ भने त्यो खेल निरश हुनसक्छ । त्यसैले विश्व फुटबलको नियामक निकाय फिफाले आसन्न विश्वकपको प्रारुपबारे पुनर्विचार गर्न लागेको छ । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

फिफाले यो वर्षको सुरुवातमा आफूहरु सम्भावित कृतिम परिणामको बारेमा पनि चिन्तित रहेको स्वीकारेको थियो । समूहको अन्तिम खेल एउटा टिमले नखेल्दा बाँकी दुई टिम सकारात्मक परिणामका लागि प्रयास गर्नेछन् भन्ने उनीहरुको दावी थियो ।

आगामी विश्वकपको प्रारुपमा समूह चरणपछि ४८ टिमबाट घटेर ३२ टिम रहन्छन् । त्यसपछि प्रतियोगितामा नकआउट चरण सुरु हुनेछ । विश्वकपका लागि बैकल्पिक फर्म्याटबारे फिफाको क्याविनेट र फिफा परिषदले अर्को वर्ष निर्णय गर्नेछ । फिफाका ग्लोबल फुटबल विकास प्रमुख आर्सेन विंगरका अनुसार आसन्न विश्वकपका लागि थप दुई प्रारुप तयार भएका छन् । पहिलो– चार टिम सम्मिलित १२ समूह बनाउने । समूहको शीर्ष २ र ८ वटा उत्कृष्ट तेस्रो टिमलाई नकआटउ चरणमा लैजाने ।

वा, दोस्रो– विश्वकपमा सहभागी टिमलाई २४/२४ का दरले छुट्टाछुट्टै प्रतिस्पर्धा गराउने । दुवैमा चार टिम राखेर ६ समूह बनाउने । दुवै स्पर्धाका विजेताबीच फाइनल खेलाउने । कतार विश्वकपको समूह चरणमा रोमाञ्चक, नाटकीय र आश्चर्यजनक नतिजा देखिएसँगै यी दुई प्रस्तावहरु अघिल्लोको तुलनामा बढी व्यावहारिक देखिन्छन् । तर, यसको मतलव विश्वकपमा खेलको संख्या निकै बढी हुनेछ । कतार विश्वकपमा ३२ टिम सहभागी हुँदा ६४ खेल २९ दिनमा सम्पन्न गर्न सकिन्थ्यो । फिफाले पहिलो प्रस्तावअनुसार ८० खेल ३२ दिनमा सम्पन्न गर्न सकिने बताइएको थियो । चार टिम सम्मिलित समूह चरण हुँदा विश्वकपमा कुल १०४ खेल हुनेछन् । यसका लागि अहिलेकोभन्दा कम्तिमा एक साता समय बढाउनुपर्ने हुन्छ ।

विश्वकपको टेलिभिजन प्रशारण अधिकार बेचेर फिफाले हरेक संस्करणमा मनग्ये आम्दानी गर्दै आएको छ । धेरै खेल हुँदा उसको आर्थिक उपार्जनको दृष्टिमा फाइदा हुनेछ । विश्वकप प्रशारण अधिकारको आम्दानीले फिफाले ९० प्रतिशत अर्थव्यवस्था धानिरहेको छ । कतार विश्वकपको प्रशारण अधिकारबाट फिफाले ७.५ विलियन अमेरिकी डलर आम्दानी गरेको छ । यो रकम चार वर्षअघि रुस विश्वकपभन्दा एक विलियनले बढी हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो