१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरीमा स्थानीयद्वारा प्रहरी कार्यालय तोडफोड

५ पुष २०७९, मंगलवार ११:०४

पुस ५, सप्तरी | रुपनी गाउँपालिकास्थित रुपनी चोकमा आज टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि आक्रोशित भीडले स्थानीय प्रहरी कार्यालयमा तोडफोड गरेको छ ।

रुपनी गाउँपालिका १ राजविराज–रुपनी सडक खढडमा ना १ क ८५४२ नं को टिपरले विद्यालय जाँदै गरेकी स्थानीय शङ्कर यादवकी १२ वर्षीया छोरी रीताकुमारी यादवलाई ठक्कर दिएको थियो ।

सो ठक्करबाट सामान्य घाइते भएकी बालिकालाई टिपर चालकले टिपर ब्याक गरेर हत्या गरेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भई स्थानीयवासीले प्रहरी कार्यालयभित्र प्रवेश गरेर टिपर र इलाका प्रहरी कार्यालयमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

तोडफोडबाट प्रहरी कार्यालयमा ढोकासहितका फर्निचर सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दासहितको आक्रोशित भीडले पूर्व–पश्चिम सडकको रुपनी खण्डमा टायर बालेर प्रदर्शन गरिरहेको छ । प्रहरी कार्यालयमा भएको तोडफोड नियन्त्रण गर्न प्रहरीले आठ राउन्ड अश्रुग्यास र १० राउन्ड हवाई फायर गरेको छ ।

यता घटनालाई नियन्त्रणमा लिन र स्थिति साम्य बनाउन सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंह नेतृत्वको टोली घटनास्थलमा परिचालन भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । बालिकाको ज्यान लिने टिपर चालकमाथि कारबाही तथा क्षतिपूर्तिको माग राख्दै प्रदर्शन जारी राखेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह