१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूसी आक्रमणपछि पहिलो पटक अमेरिका गए युक्रेनका राष्ट्रपति जेलेनेस्की

६ पुष २०७९, बुधबार ०७:५९

पुस ६, काठमाडौँ | युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेनेस्की अमेरिकाको भ्रमणमा निस्किएका छन्। रूसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि उनी पहिलोपटक विदेश भ्रमणमा निस्किएका हुन्।

जेलेनेस्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने कार्यक्रम रहेको बिबिसीले जनाएको छ। जेलेनेस्कीले अमेरिकी संसदलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।


'अमेरिकाको भ्रमणमा युक्रेनको रक्षा संयन्त्रलाई बलियो बनाउने विषयमा छलफल हुनेछ,' जेलेनेस्कीले ट्वीटरमा लेखेका छन्।

रूसविरूद्ध लड्नका निम्ति युक्रेनलाई अमेरिकाले सबैभन्दा बढी सहयोग गर्दै आएको छ। अमेरिकाले युक्रेनलाई  गत १६ डिसेम्बरसम्म १८ अर्ब ५० करोड डलर सहयोग गरेको छ।

रक्षा क्षेत्रमा प्रतिमहिना ५ अर्ब डलर खर्च भइरहेकाले अझै सहयोग गर्न जेलेनेस्कीले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्दै आएका छन्।

रूस युक्रेन युद्धमा दुबै पक्षका १-१ लाख सैनिक ४० हजार नागरिकको मृत्यु भएको तथ्यांक छ। संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार  ७० लाख ८० हजार भन्दा बढी  मानिस विस्थापित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह