२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरु भयो सरकार निर्माणको दौड, को बन्ला पहिलो प्रधानमन्त्री?

६ पुष २०७९, बुधबार ११:४८

पुस ६, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेता भएसँगै सरकार निर्माणको रिले दौड सुरु भएको छ।

मंसिर ४ को निर्वाचनपछि दलको नेता चयन नगरी सरकार गठन प्रक्रिया नथाल्ने देउवाको अडान थियो। 

त्यहीकारण सत्ता गठबन्धनमा सरकार निर्माणबारे औपचारिक छलफल अघि बढेको छैन। देउवा दलको नेता भएसँगै अब गठबन्धनका शीर्ष नेताको बैठक बस्ने तयारी छ। 


राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि बहुमत सांसदको समर्थन पेश गर्ने समय पुस १० गते साँझ ५ बजेसम्मलाई दिएकी छन्। 

बुधबार भएको दलको निर्वाचनमा महामन्त्री गगन थापालाई ३९ मत अन्तरले पराजित गर्दै देउवा लको नेता बनेका छन्। अब सरकार निर्माण अघि बढ्ने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए। 

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा कांग्रेस पहिलो पार्टी बनेको छ।

सभापति देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउने योजनामा छन्।

दलको नेता चयन भएपछि उनलाई गठबन्धन र बाहिरका अन्य दलहरुसँग छलफल गर्न सहज भएको नेताहरु बताउँछन्। 

यसैबीच, सरकार निर्माणबारे छलफल गर्न गठबन्धनको बैठक बुधबार बस्न सक्ने नेताहरुले बताएका छन्।

सरकार गठनमा राष्ट्रपतिले दिएको समयसीमाभित्रै गठबन्धनमा पद बाँडफाँटबारे छलफल थाल्न बैठक बस्नुपर्ने नेताहरु बताउँछन्। 

गठबन्धनले सरकार बनाएको अवस्थामा पहिलो प्रधानमन्त्री आफूले पाउनुपर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताइरहेका छन्। 

तर यसअघिको कार्य सम्पादन समिति बैठकमा कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय लिइसकेको छ।

‘दलको नेता चयन भएपछि सभापति शेरबहादुर देउवाजीले सरकार निर्माणको पहल थाल्नुहुनेछ,’ कांग्रेसका एक नेताले नेपालखबरसँग भने, ‘संसदका विभिन्न दलका नेतासँग उहाँले एकदुई चरण संवाद गर्नुभएकै छ। अब गठबन्धनमा पनि कुरा होला।’

गठबन्धनमा औपचारिक प्रस्ताव भएपछि कसले सरकारको नेतृत्व गर्ने टुंगो लाग्ने ती नेताले बताए।

अहिलेसम्म गठबन्धनबाट कसैले पनि प्रधानमन्त्रीको दाबी नगरेको ने‍ताहरुले बताएका छन्। कांग्रेसले पहिलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन्। उचा प्रचण्डले आलोपालोको हिसाबमा आफू पहिले प्रधानमन्त्री हुनुपर्ने पक्षमा छन्। 

प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने बताउँदै प्रतिनिधि सभाको परिणाम जे आएपनि पहिलो सरकारको नेतृत्व आफूले गर्ने समझदारी भएको बताएका छन्।

कांग्रेसभित्र माओवादीलाई सरकारको नेतृत्व दिन नहुने मत पनि छ।

संसदीय दलको नेतामा पराजित भएपछि महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति गरे आफूलाई मान्य नहुने चेतावनी दिएका छन् ।

मौन एमाले, भित्रभित्रै तयारी  

कांग्रेसले दलको नेता चयन नगरी प्रधानमन्त्रीमा दौडधुप नगर्ने बताएपनि संसदको दोस्रो ठूलो शक्ति एमालेले पनि सरकार निर्माणकै प्रयास औपचारिक गरेको छैन।

यद्यपि एमालेका नेताहरुले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) राप्रपा लगायत दलका शीर्ष र दोस्रो तहका नेतासँग छलफल गरिसकेको छ।

माओवादीलाई एमालेले प्रधानमन्त्री बन्न आग्रह गरिसकेको छ।

यस्तै रास्वपालाई पनि सरकारमा ल्याउन एमाले तयार छ। एमाले अध्यक्ष ओलीले रास्वपा सभापति रवि लामिछानेसँग दुईपटक छलफल गरिसकेका छन्।

सरकारमा जान रास्वपा तयार रहेको उनले बताएका छन्। उनको सर्त छ, ‘आफूले उठाएको माग मुद्दा सम्बोधन गर्नुपर्ने छ।’

एमालेले राष्ट्रपति आफूले लिएर प्रधानमन्त्री कुनै दललाई बनाउने प्रयास गरेको छ। 

सरकार निर्माणमा कांग्रेसले औपचारिक दौडधुप थालेपछि एमालेले पनि भेटघाट र संवादलाई तीव्रता दिने नेताहरु बताउँछन्। 

संसदमा कांग्रेससहित गठबन्धनलाई सरकार निर्माण गर्न केही सहज छ। गठबन्धनले सरकार बनाए केन्द्रदेखि प्रदेशतहका ३५ मुख्य र केही संवैधानिक पदहरुमा आफ्ना नेता-कार्यकर्ता सेट गर्न सक्नेछ। 

एमालेले पनि पाँच वर्ष सबै पद गुमाउनुभन्दा सरकार निर्माण गरेर आफ्ना नेता-कार्यकर्तालाई इन्गेज गर्न चाहेको छ। त्यही भएर एमालेले सरकार निर्माणका लागि भित्र भित्रै प्रयास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने