१५ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हर्क साम्पाङलाई साबुन उद्योगको काम रोक्न अदालतको आदेश

७ पुष २०७९, बिहीबार ०७:५४

पुस ७, सुनसरी | उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ ।

धरान उपमहानगरपालिकाले कार्यपालिका निर्णयका आधारमा धरान- २० मा पर्ने जलकन्या सामुदायिक वनको जग्गामा सावुन उद्योग निर्माणको काम सुरु गरेको थियो ।


मेयर हर्क सम्पाङले वनको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन नगरी काम सुरु गरेपछि जिल्ला वन कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो ।

न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार निवेदनको किनारा नलागेसम्म काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

मेयर साम्पाङले कार्यपालिका बैठकको निर्णयको आधारमा उद्योग निर्माणको काम सुरु गराएका थिए । तर प्रक्रिया पुरा नगरि वन क्षेत्रको जग्गामा साबुन उद्योगको काम अघि बढाएपछि विवादमा आएका मेयर हर्क साम्पाङलाई अदालतले अंकुश लगाएको हो।

मेयर साम्पाङले साबुन उद्योग खोल्ने प्रस्ताव गरेपछि स्थानीयबासी, वन उपभोक्ता समुह र वन कार्यालयले जग्गाको भोगाधिकार प्राप्त गर्ने प्रक्रिया पुरा गर्न आग्रह गरेको थियो। डिभिजन वन कार्यालयले उपमहानगरपालिकालाई पत्राचार गरेर पनि कानुन वमोजिम प्रक्रिया पुरा गर्न भनेपनि वेवास्ता गर्दै मेयर साम्पाङले वनको जग्गा होइन भन्दै काम अघि बढाएपछि डिभिजन वन कार्यालय उच्च अदालत पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो छ, आज देशभरको मौसम रास्वपाले अध्यादेशका गुण र दोषका आधारमा संसदमा बहस गर्ने, यी हुन् सचिवालय बैठकका निर्णय भारतका बुमराह बने आईसीसी क्रिकेटर अफ द इयर आशिका तामाङ पुन: पक्राउ आशिका तामाङलाई १० हजार धरौटीमा छाड्ने निर्णय, फेरि पक्राउ गरिँदै किष्ट अस्पतालको शौचालयमा ३१ वर्षीय युवक मृत फेला ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भए सन्दीप धरानका मेयर हर्क साम्पाङलाई कारबाही गर्न गृहमन्त्रीसँग पत्रकार महासंघको माग स्रोत नखुलेको ३९ लाखसहित इन्द्रचोकबाट एकजना पक्राउ प्रभु बैंक ग्यारेन्टी बस्दा कुनै पनि अदालतमा धरौटी रकम बुझाउनु परेन रविले, के हो बैंक ग्यारेन्टी? दुर्घटनाग्रस्त जेजु विमानको इन्जिनमा चराका प्वाँख र रगत धब्बा फेला: प्रारम्भिक अनुसन्धान भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ आईएल टी-२०: दीपेन्द्रआबद्ध गल्फको लगातार दोस्रो जित, दीपेन्द्रले पाएनन् खेल्ने मौका आप्रवासी बोकेको सैनिक जहाज अवतरण गर्न दिएपछि कोलम्बियामाथि लगाएको प्रतिबन्ध अमेरिकाले हटायो महेश बस्नेतको प्रश्न : रवि लामिछाने र प्रभु बैंकबीचको कनेक्सन के हो ? कास्की अदालतको आदेशविरुद्ध उच्चमा जाँदै रवि, काठमाडौं र बुटवलमा पनि पुनरावेदन दिने सैफलाई चक्कु आक्रमणः मिलेन अभियुक्तको ‘फिङ्गरप्रिन्ट’, अन्य व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंका अछामको किशोरी मृत्यु प्रकरण: ढकारी गाउँपालिकाकाकै दुई किशोर पक्राउ काठमाडौँको नैकापमा २७ वर्षीय युवक मृत फेला