२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एसकी केन्द्रीय सदस्य भुसालको निधन

२०७९, ८ पुष शुक्रबार ०८:०२

पुस ८, काठमाडौँ | नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको ५४ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंको न्युरो अस्पतालमा उपचारको क्रममा बिहीबार उनको निधन भएको हो ।


नेकपा मसालबाट कम्युनिष्ट पार्टीको राजनीतिमा सक्रिय भुसाल पछिल्लो पटक नेकपा विभाजन भएपछि माधव नेपालको नेकपा एसतिर लागेकी थिइन् । भुसाल वामपन्थी आन्दोलनको एक निस्वार्थी, त्यागी र निष्ठावान योद्धा रहेको नेकपा एसका जिल्ला अध्यक्ष रामबबहादुर चौहानले बताए । उनले भुसालको दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताए ।

सन्धिखर्क नगरपालिका–२ कुरमा जन्मिएकी भुसाल अविवाहित हुन् । भुसाल हाँक साप्ताहिकका संस्थापक प्रधानसम्पादक/प्रकाशक शोभाखर धनन्जय (सहिद सरोज शर्मा) की बहिनी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल