१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहान उठ्दा अनुहार र आँखा सुन्निएको हुन्छ ? मृगौला बिग्रिएको र थाइराइड बढेको संकेत

८ पुष २०७९, शुक्रबार ०८:४३

पुस ८, काठमाडौँ | बिहान उठेर ऐना हेर्दा अनुहार र आँखा सुन्निएको जस्तो लाग्छ । साधारणतया अनुहार र आँखा वरिपरी र शरीरको केही हिस्सा वाटर रिटेन्सनका कारण सुन्निने गर्छ । तर कतिपय अवस्थामा यसले केही गम्भीर स्वास्थ्य समस्यातर्फ इशारा गर्न सक्छ । भारतका डाक्टर वाई पी सिंहले यसको कारण र निवारणबारे जानकारी दिएका छन् ।


भाइरल संक्रमणको कारणले हुनसक्छन्

सेल्युलाइटिस भाइरल छालाको संक्रमणमा, अनुहारमा सुन्निन्छ । सामान्यतया रक्तनलीहरू फुल्छ र खुम्चिन्छ । संक्रमणका कारण नसाहरु फुल्छ र तरल पदार्थ चुहिन थाल्छ । यो अवस्थालाई रोजेशिया भनिन्छ । यस्तो अवस्थामा अनुहार सुन्निने र रातो हुने गर्छ । यदि तपाईंको अनुहार सुन्निनुका साथै दुखाइ र असुविधा महसुस हुन्छ भने, ढिलो  नगरी डाक्टरलाई देखाउनुहोस् ।

यस्ता रोग पनि कारण हुनसक्छन्

थाइरोइडको समस्या, बाथ, साइनस संक्रमण, सिस्टमिक ल्युपस एरिथेमेटोसस र मृगौलाको रोगमा अनुहार र शरीर सुन्निने गर्छ ।

स्किन केयर उत्पादनको प्रतिक्रिया

स्किन केयर रुटिनमा एक्टिभ एलिमेन्ट्स जस्ता अल्फा हाइड्रोक्सी एसिड बिटा हाइड्रोक्सी एसिड, रेटिनालका कारण पनि अनुहार सुन्निन सक्छ । यो एक्टिभ एसिड र एक्सफोलिएटरले अनुहार वा आँखाको आसपासको छाला सुन्निन सक्छ । यस्ता उत्पादनलाई सधैँ प्रयोग नगर्नुहोस्, हप्तामा एकपटक मात्रै गर्नुहोस् । संवेदनशील छाला छ भने विज्ञको सल्लाह लिनुहोस् ।

अव्यवस्थित जीवनशैली पनि कारण हो

८ घण्टा सुत्नु शरीरका लागि आवश्यक छ । यो भन्दा बढी वा कम सुत्दा शरीरमा नराम्रो असर पर्छ । लामो समयसम्म सुत्दा शरीरमा एकै ठाउँमा तरल पदार्थ जम्मा हुन्छ, जसका कारण अनुहार सुन्निन्छ । गलत साइडमा सुत्दा वा बाक्लो र कडा तकिया प्रयोग गर्दा पनि यो समस्या हुन्छ ।

अनुहार र आँखामा सुन्निने समस्या भए यी तरिका अपनाउनुहोस्

यदि अनुहार र आँखा वरिपरि सुन्निएको छ भने, सबैभन्दा पहिले चिकित्सकलाई देखाउनुहोस्, ताकि समस्याको वास्तविक कारण थाहा पाउन सकियोस्  । साँझ र रातको समयमा जंक फूड जस्ता उच्च सोडियमयुक्त आहारबाट बच्नुहोस् । यदि शरीर फाइबरयुक्त खानेकुराप्रति संवेदनशील छ भने अलस, बदाम, अनार, सुक्खा अन्जीर, गहुँको चोकर, कोदो, अंकुरित गेडागुडीको सेवन नगर्नुहोस् ।

पिठो, पास्ता, सेतो चिनी, डोनट, पेस्ट्री, केक, मिठाई, सोडा, बिस्कुटजस्ता रिफाइन्ड कार्बोहाइड्रेटहरू नखानुहोस् । राति ढिलो खाना नखानुहोस्, खाना खाएपछि तुरुन्तै नसुत्नुहोस् । उत्तानो परेर सुत्ने प्रयास गर्नुहोस् । दिउँसो र रातभर हाइड्रेटेड रहन प्रशस्त पानी पिउनुहोस् । मादक पदार्थबाट बच्नुहोस् । यदि यी उपायहरू गर्दा पनि सुन्निँदैन भने, तुरुन्तै छाला विशेषज्ञसँग परामर्श लिनुहोस् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह