१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी सांसदहरुले पार्टीलाई मासिक १२ हजार बुझाउनुपर्ने

१० पुष २०७९, आईतवार ०५:११

पुस १०, काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट संघीय तथा राष्ट्रिय सांसद बनेकाहरुले आफ्नो पार्टीलाई मासिक लेवी तिर्नुपर्ने भएको छ । पार्टी केन्द्रीय पदाधिकारीको पुस ७ गते बसेको बैठकले जनही १२ हजार रूपैयाँका दरले ३२ सांसदबाट ३ लाख ८४ हजार रूपैयाँ लेबी उठाउने निर्णय गरेको हो ।

यसरी प्रतिनिधिसभाका सदस्यहरुबाट पार्टीले मासिक जम्मा ३ लाख ८३ हजार रूपैयाँ लेबी उठाउने भएको छ । यस्तै संघीय संसदकै राष्ट्रियसभाका सांसदबाट माओवादी केन्द्रले थप १ लाख ८० हजार उठाउनेछ । राष्ट्रियसभामा माओवादी केन्द्रका १५ जना सांसद रहेका छन् । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट गरी माओवादी केन्द्रले मासिक ५ लाख ६४ हजार रूपैयाँ उठाउनेछ । 

यसैगरी प्रदेश सभाका सांसदहरुले पाउने तलब, भत्ता र अन्य सेवा सुविधा प्रदेशहरुमा फरक फरक भएकाले प्रदेश सभाका मन्त्री र सांसदहरुको लेवी निर्धारण सम्बन्धित प्रदेशको पार्टी समितिले गर्ने निर्णय भएको छ । 

प्रदेशहरुबाट उठेको मासिक लेवी ८० प्रतिशत सम्बन्धित प्रदेशमा राख्ने र बाँकी २० प्रतिशत लेवी रकम अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाउने निर्णय पनि भएको ती नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह