१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवासँग वार्ता गर्न प्रचण्ड बालुवाटारमा, पहिला को प्रधानमन्त्री भन्ने विवादबारे छलफल हुँदै

१० पुष २०७९, आईतवार ०५:४५

पुस १०, काठमाडौँ । प्रधानमन्त्रीमा सहमति जुटाउन नेकपा माओवादी केन्द्रका अध्धयक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतवारसम्म मात्रै छ। दाबी गर्ने समय सकिन लागेका बेला निर्णायक वार्ताका लागि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि  बालुवाटार पुगेका हुन्।


प्रचण्डको सचिवालयले प्रचण्ड प्रधानमन्त्रीमा देउवाको समर्थन जुटाउन बालुवाटार पुगेको जानकारी दिएको छ।

यसअघि शनिवार साँझा पनि गठबन्धनका नेताहरुबिच प्रधानमन्त्रीबारे छलफल भएको थियो। उक्त छलफलमा प्रचण्ड र देउवाबिच को प्रधानमन्त्री बन्ने भन्नेबारेमा सहमति हुन नसकेपछि बैठक आज सम्मका लागि स्थगित भएको थियो।

आलोपालो प्रधानमन्त्रीका लागि गठबन्धनमा सहमति भए पनि को पहिला प्रधानमन्त्री बन्ने भन्नेबारेमा विवाद रहेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। देउवाले प्रचण्डलाई पहिला प्रधानमन्त्री बनाउने बारेमा पार्टीमा सल्लाह गर्नुपर्ने बताएपछि गठबन्धनमा सहमति हुन सकेको छैन्।

प्रचण्डले यसअघि गठबन्धनबाट सरकारको नेतृत्व कांग्रेसले गरेकोले अब नयाँ सरकारमा पहिलो पटक आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरिरहेका छन्। गठबन्धनको बैठक अघि कांग्रेसका शीर्ष नेताहरुले पनि छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह