२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साँझ ५ बजेसम्म दलहरूले प्रधानमन्त्रीको नाम सिफारिश गर्न नसके के हुन्छ ?

२०७९, १० पुष आईतवार ०७:३८

पुस १०, काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्रीमा दाबी पेश गर्न दिएको समय सकिनैलाग्दा आइतवार साँझ ५ बजेपछि के हुन्छ भन्ने अन्योल बढेको छ । राष्ट्रपतिले प्रधानमन्त्री सिफारिश गर्न दिएको समय सकिन ४ घण्टा बाँकी रहँदा (आइतवार दिउँसो १ बजेसम्म) सत्ता गठबन्धनमा प्रधानमन्त्रीको नाममा सहमति जुट्न सकेको छैन । 


संविधानको धारा ७६ (३)को शुरूमा ‘प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा प्रकाशित भएको मितिले ३० दिनभित्र उपधारा (२) अनुसारको प्रधानमन्त्री नियुक्त हुन नसकेमा’ भन्ने वाक्यांश उल्लेख छ । त्यसैलाई आधार मानेर माओवादी महासचिव गुरुङले उपधारा २ अनुसारको सरकार गठनका लागि पुस २९ सम्मको समय रहेको बताए । साँझ ५ बजेसम्म प्रधानमन्त्रीको नाम सिफारिश नभएमा राष्ट्रपतिले समय थप गर्ने या उपधारा ३ को प्रक्रियाका लागि आह्वान गर्ने विकल्प रहेको संविधानविद्हरू बताउँछन् ।

संविधानविद् डा. भीमार्जुन आचार्य दलहरूको आग्रहमा राष्ट्रपतिले समय थप्ने या उपधारा ३ अनुसारको सरकार गठनका लागि आह्वान गर्न सक्ने विकल्प रहेको बताउँछन् । ‘पुरानो अभ्यास हेर्दा राष्ट्रपतिले समय थपेको दृष्टान्त छन्, एउटा विकल्प फेरि ५/७ दिन समय थप्ने नै हो । समय थाप्नुभएन भने ठूलो दललाई सरकार बनाउन आऊ भनेर आह्वान गर्ने हो,’ आचार्यले  भने । समय थपका लागि भने दलहरूले राष्ट्रपतिसँग औपचारिक आग्रह गर्नुपर्छ । अहिलेको प्रक्रियाअनुसार सरकार बनाउन दलहरूले नाम सिफारिश नगरेमा राष्ट्रपतिले अर्को सूचना जारी गर्नुपर्ने आचार्य बताउँछन् । ‘समय थप्न दलहरूले आग्रह गरेनन् भने राष्ट्रपतिले ७६ (२) अनुसार सरकार बन्न नसक्ने देखिएकाले नयाँ प्रक्रिया भनेर ७६ (३) अनुसारको प्रक्रियामा सरकार बनाउन आऊ भनेर आह्वान गर्नुपर्छ,’ आचार्यले भने ।

प्रधानमन्त्रीमा सहमति जुटाउने प्रयास स्वरूप प्रधानमन्त्री निवास बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल भएको थियो । प्रचण्डै भर्खरै बालुवाटारबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल