१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साँझ ५ बजेसम्म दलहरूले प्रधानमन्त्रीको नाम सिफारिश गर्न नसके के हुन्छ ?

१० पुष २०७९, आईतवार ०७:३८

पुस १०, काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्रीमा दाबी पेश गर्न दिएको समय सकिनैलाग्दा आइतवार साँझ ५ बजेपछि के हुन्छ भन्ने अन्योल बढेको छ । राष्ट्रपतिले प्रधानमन्त्री सिफारिश गर्न दिएको समय सकिन ४ घण्टा बाँकी रहँदा (आइतवार दिउँसो १ बजेसम्म) सत्ता गठबन्धनमा प्रधानमन्त्रीको नाममा सहमति जुट्न सकेको छैन । 


संविधानको धारा ७६ (३)को शुरूमा ‘प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा प्रकाशित भएको मितिले ३० दिनभित्र उपधारा (२) अनुसारको प्रधानमन्त्री नियुक्त हुन नसकेमा’ भन्ने वाक्यांश उल्लेख छ । त्यसैलाई आधार मानेर माओवादी महासचिव गुरुङले उपधारा २ अनुसारको सरकार गठनका लागि पुस २९ सम्मको समय रहेको बताए । साँझ ५ बजेसम्म प्रधानमन्त्रीको नाम सिफारिश नभएमा राष्ट्रपतिले समय थप गर्ने या उपधारा ३ को प्रक्रियाका लागि आह्वान गर्ने विकल्प रहेको संविधानविद्हरू बताउँछन् ।

संविधानविद् डा. भीमार्जुन आचार्य दलहरूको आग्रहमा राष्ट्रपतिले समय थप्ने या उपधारा ३ अनुसारको सरकार गठनका लागि आह्वान गर्न सक्ने विकल्प रहेको बताउँछन् । ‘पुरानो अभ्यास हेर्दा राष्ट्रपतिले समय थपेको दृष्टान्त छन्, एउटा विकल्प फेरि ५/७ दिन समय थप्ने नै हो । समय थाप्नुभएन भने ठूलो दललाई सरकार बनाउन आऊ भनेर आह्वान गर्ने हो,’ आचार्यले  भने । समय थपका लागि भने दलहरूले राष्ट्रपतिसँग औपचारिक आग्रह गर्नुपर्छ । अहिलेको प्रक्रियाअनुसार सरकार बनाउन दलहरूले नाम सिफारिश नगरेमा राष्ट्रपतिले अर्को सूचना जारी गर्नुपर्ने आचार्य बताउँछन् । ‘समय थप्न दलहरूले आग्रह गरेनन् भने राष्ट्रपतिले ७६ (२) अनुसार सरकार बन्न नसक्ने देखिएकाले नयाँ प्रक्रिया भनेर ७६ (३) अनुसारको प्रक्रियामा सरकार बनाउन आऊ भनेर आह्वान गर्नुपर्छ,’ आचार्यले भने ।

प्रधानमन्त्रीमा सहमति जुटाउने प्रयास स्वरूप प्रधानमन्त्री निवास बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल भएको थियो । प्रचण्डै भर्खरै बालुवाटारबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह