पुस १०, काठमाडौँ । सरकार गठनको अन्तिम कसरतमा रहेका सत्तागठबन्धनका शीर्ष नेताहरु बालुवाटारबाट निस्किएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष निस्केसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि बाहिरिएका छन्।
आइतबार साँझ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा सत्तागठबन्धन अन्तिम कसरतमा थिए। तर बालुवाटारबाट बाहिरीनेक्रममा शीर्षनेताहरु प्रतिक्रिया नदिइ निस्केपछि सत्तागठबन्धन लगभग टुटेको आशंकाहरु बढेका छन्।
यता, एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पदलाई बाँढ्नलाई प्रस्ताव गरेका थिए।