२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप छलफलको अर्थ छैन, गठबन्धन बालुवाटारमै बिसाएँ – प्रचण्ड

२०७९, १० पुष आईतवार ०८:१८

पुस १०, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा छलफलको अर्थ नभएको प्रष्ट पारेका छन्। आइतबार बिहान बालुवाटारमा भएको छलफलमा उनले गठबन्धनको यात्रा टुंगिएको बताएका हुन्।

आइतबार बिहान बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालबीच भएको छलफलमा सहमति जुट्न सकेको थिएन। छलफल निष्कर्षमा नपुगेपछि उनले ‘थप छलफलको कुनै अर्थ छैन, गठबन्धन अब बालुवाटारमै बिसाउँछु’ भनेर निस्किएको एक नेताले बताए।


गठबन्धन कायम राख्नुपर्नेमा शीर्ष नेताहरुको मतैक्य भए पनि गठबन्धनबाट पहिला को प्रधानमन्त्री बन्ने भन्नेमा सहमति जुट्न सकेको छैन। देउवा र प्रचण्ड दुवै आफूले पहिले सरकारको नेतृत्व गर्न चाहन्छन्। कांग्रेसले राष्ट्रपति पनि आफैंले पाउनुपर्ने बताएको छ।

यसैबीच कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धन 'ब्रेक' भएको बताएका छन्। उनले प्रचण्डले गठबन्धन नरहेको जानकारी गराउँदै बाहिरिएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल