२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाले बोलाएपनि बालुवाटार नगई बालकोट पुगे प्रचण्ड

२०७९, १० पुष आईतवार ०८:४६

पुस १०, काठमाडौँ । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बालकोट पुगेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको दाबी नछाडेपछी प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका हुन्। देउवाले बालुवाटारमा बोलाएपनि उनी बालुटारतर्फ नगई बालकोट पुगेका हुन्।

बैठकमा देवगुरुङ, शंकर पोखरेल, नारायणकाजी श्रेष्ठ, विष्णु रिमाल सहभागी छन्। नेकपा विभाजनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिलो पटक ओली निवास बालकोट पुगेका हुन्। 


आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वान टु वान वार्तापछि सत्ता गठबन्धनको बैठक सुरु भएको थियो। तर बैठकमा बैठक सहमति जुट्न नसकेपछि प्रचण्ड बालुवाटारबार बाहिरिएका हुन्। गठबन्धन तोडियो भनेर हिँडेका प्रचण्डलाई देउवाले अन्तिम प्रयासका लागि बालुवाटार बोलाएका थिए तर उनी बालकोट गएका हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्‍याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। बहुमत पुर्‍याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ। धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वान गरेकी हुन्। तर समयसीमा घर्कदै जाँदा सत्ता बाँडफाडको टुंगो लागेको छैन।

कांग्रेस र माओवादी दुवैले नेकपा एमालेलाई देखाएर वार्गेनिङ गर्दै गठबन्धन छाड्ने ‘धम्की’ दिँदै आएका छन्।  बैठकमा कुरा मिल्न नसकेपछि नयाँ रणनीति तय गर्न प्रचण्ड ओलीसँग संवाद गर्न पुगेका हुन्। 

आइतबार सत्ता समीकरण र भावी राजनीतिक समीकरणका विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले एमाले अध्यक्ष ओलीलाई बालकोटमा भेटेका छन्। दुई नेताबीच अब बन्ने सरकार र राष्ट्रपतिले दिएको समयसीमा घर्किन लाग्दा पनि सहमति नभएको विषयमा कुराकानी भएको थियो।  बालकोटबाट लिङदेन बाहिरिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन्। लामिछानेले पनि सत्ता समीकरण र सरकार गठनकै विषयमा छलफल गरेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट