असोज १, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताएका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताएका छन्"/>
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

संविधान संशोधन नेपाली जनताले स्वीकार गर्दैनन्: ओली

१ आश्विन २०७३, शनिबार ०९:२५

असोज १, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताएका छन् । 

मोतिदेवी जेष्ठ नागरिक आवास गृहको आज नागार्जुन नगरपालिका– १० भीमढुङ्गामा उद्घाटन गदै उहाँले संविधान संशोधन नेपाली जनतालाई मान्य र स्वीकार्य हुने खालको हुनु पर्ने धारणा राखे । 

उनले संविधान अनेकथरिसँग सम्झौता गरेर बनाइएकाले अहिले केहीले देशभित्र र बाहिर संविधान संशोधन र स्वीकार्य भन्ने शब्द चट्की र षड्यन्त्रपूर्वक रुपमा उठाइरहेको बताए । 

यहाँ अरुको एजेन्डामा संविधान संशोधन गर्ने प्रयास भइरहेको बताउँदै त्यसलाई नेपाली जनताले स्वीकार नगर्ने उल्लेख  गरे । 

‘‘जहाँसुकै सम्झौता होस् जुनसुकैसँग होस् तर नेपाली जनताले राष्ट्रिय हितका लागि काम गर्छन्’’उनले भने–‘‘हामी त्यस्ता जुनसुकै ठाउँमा नेपालको हित विपरीत गरिएको जोसँग सम्झौता गरेपनि कार्यान्वयन हुन दिने छैनौँ ।’’ 

अध्यक्ष ओलीले नेपाल देश नेपालीले नै चलाउने बताउँदै अरुको आवश्यकता नपर्ने जिकिर गरे ।  उनले अहिलेको सरकारले अर्काको एजेन्डाको भारी बोकेको र राजनीतिक रुपमा द्वन्द र भिडन्तमा देशलाई लैजान खोजेको आरोप  लगाए । 

कार्यक्रममा एमाले उपाध्यक्ष तथा केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले मोतिदेवी श्रेष्ठले देखाएको बाटोमा लाग्नुपर्ने धारणा राख्दै सामाजिक र आर्थिक रुपान्तर गर्नुपर्ने बताए । 

कार्यक्रममा नेपाली काग्रेसका सांसद ध्यानगोविन्द रञ्जित, राप्रपा नेपालका नेता तथा पूर्व सांसद विक्रमबहादुर थापाले मोतिदेवीले नेपाली कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको चर्चा गरेका थिए । 

करिब रु ७० लाखमा निर्माण गरिएको सो आवासगृह राजनीतिमा लागेर विस्थापित हुनपुगेका वृद्धाका लागि बनाइएको केन्द्रकी सचिव धनकुमारी सुनारले बताईन । 

६ कोठा रहेको आवासगृहमा करिब ४० जना वृद्धवृद्धा राख्न सकिने व्यवस्था रहेको छ । ललितपुरमा जन्मिनु भएका मोतीदेवी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य थिए । मोतीदेवीको २०५४ सालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव