पुस ११, काठमाडौँ | एमाले नेतृत्वको नयाँ सत्ता समीकरणको संयुक्त बैठकमा सहभागी हुन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नयाँ बानेश्वर पुगेका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बोलाइएको बैठकमा नयाँ सत्ता समीकरण बैठक बस्न लागेको हो।

बालको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, काठमाडौँ | एमाले नेतृत्वको नयाँ सत्ता समीकरणको संयुक्त बैठकमा सहभागी हुन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नयाँ बानेश्वर पुगेका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बोलाइएको बैठकमा नयाँ सत्ता समीकरण बैठक बस्न लागेको हो।

बालको"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले नेतृत्वको नयाँ सत्ता समीकरणको पहिलो बैठक, प्रचण्ड पुगे बानेश्वर

२०७९, ११ पुष सोमबार ०६:३२

पुस ११, काठमाडौँ | एमाले नेतृत्वको नयाँ सत्ता समीकरणको संयुक्त बैठकमा सहभागी हुन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नयाँ बानेश्वर पुगेका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बोलाइएको बैठकमा नयाँ सत्ता समीकरण बैठक बस्न लागेको हो।

बालकोटमा एमालेको आन्तरिक बैठक जारी रहेकाले अध्यक्ष केपी शर्मा ओली केहि समयपछि संसद भवन नयाँ बानेश्वर आउने बताइएको छ। एमाले अध्यक्ष ओलीसहितको समर्थनमा  प्रचण्ड तेस्रो पटकप्रधानमन्त्रीमा नियुक्त भएका छन्। बैठकमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीमण्डलबारे छलफल हुन लागेको हो।


आइतबारको बालकोट बैठकमा पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री र  राष्ट्रपति र सभामुख एमालेले पाउने, साढे २ वर्षमा माओवादी-एमालेले प्रधानमन्त्री आलोपालोमा लिने सहमति बनेको छ।  नयाँ गठबन्धनमा पावर शेयरिङको थप विषय टुंग्याउन बाँकी रहेको छ । 

प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथग्रहण गर्दैछन्। आज अपराह्न चार बजे केही मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउँदैछ। उनको मन्त्रालय भने छलफलपछि टुंगो लाग्नेछ।

प्रचण्डको शपथ ग्रहणसँग सानो आकारको मन्त्रीमण्डल गठनका लागि बैठकले मन्त्रालय र मन्त्री हुनेको नाम टुङ्गो लगाउने बताइएको छ। २ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ।

प्रधानमन्त्री पाएको माओवादी केन्द्रको ३२ सिट छ। प्रधानमन्त्री बनेका प्रचण्डलाई एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र तीन जना स्वतन्त्र सांसदको समर्थन छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल