पुस ११, काठमाडौँ | एमाले नेतृत्वको नयाँ सत्ता समीकरणको संयुक्त बैठकमा सहभागी हुन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नयाँ बानेश्वर पुगेका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बोलाइएको बैठकमा नयाँ सत्ता समीकरण बैठक बस्न लागेको हो।

बालको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, काठमाडौँ | एमाले नेतृत्वको नयाँ सत्ता समीकरणको संयुक्त बैठकमा सहभागी हुन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नयाँ बानेश्वर पुगेका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बोलाइएको बैठकमा नयाँ सत्ता समीकरण बैठक बस्न लागेको हो।

बालको"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले नेतृत्वको नयाँ सत्ता समीकरणको पहिलो बैठक, प्रचण्ड पुगे बानेश्वर

११ पुष २०७९, सोमबार ०६:३२

पुस ११, काठमाडौँ | एमाले नेतृत्वको नयाँ सत्ता समीकरणको संयुक्त बैठकमा सहभागी हुन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नयाँ बानेश्वर पुगेका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बोलाइएको बैठकमा नयाँ सत्ता समीकरण बैठक बस्न लागेको हो।

बालकोटमा एमालेको आन्तरिक बैठक जारी रहेकाले अध्यक्ष केपी शर्मा ओली केहि समयपछि संसद भवन नयाँ बानेश्वर आउने बताइएको छ। एमाले अध्यक्ष ओलीसहितको समर्थनमा  प्रचण्ड तेस्रो पटकप्रधानमन्त्रीमा नियुक्त भएका छन्। बैठकमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीमण्डलबारे छलफल हुन लागेको हो।


आइतबारको बालकोट बैठकमा पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री र  राष्ट्रपति र सभामुख एमालेले पाउने, साढे २ वर्षमा माओवादी-एमालेले प्रधानमन्त्री आलोपालोमा लिने सहमति बनेको छ।  नयाँ गठबन्धनमा पावर शेयरिङको थप विषय टुंग्याउन बाँकी रहेको छ । 

प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथग्रहण गर्दैछन्। आज अपराह्न चार बजे केही मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउँदैछ। उनको मन्त्रालय भने छलफलपछि टुंगो लाग्नेछ।

प्रचण्डको शपथ ग्रहणसँग सानो आकारको मन्त्रीमण्डल गठनका लागि बैठकले मन्त्रालय र मन्त्री हुनेको नाम टुङ्गो लगाउने बताइएको छ। २ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ।

प्रधानमन्त्री पाएको माओवादी केन्द्रको ३२ सिट छ। प्रधानमन्त्री बनेका प्रचण्डलाई एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र तीन जना स्वतन्त्र सांसदको समर्थन छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह