असोज १, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई लेख, पढ र प्रशिक्षणमा जुट्न आह्वान  गरेका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई लेख, पढ र प्रशिक्षणमा जुट्न आह्वान  गरेका छन"/>
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

देशव्यापी प्रशिक्षण सञ्चालन गरिन्छ: ओली

१ आश्विन २०७३, शनिबार १०:४३

असोज १, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई लेख, पढ र प्रशिक्षणमा जुट्न आह्वान  गरेका छन् । 

एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सातदिने प्रशिक्षक प्रशिक्षण समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले लिएको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, आर्थिक समृद्धि र जनताको बहुदलीय जनवादको विचारलाई तल्लो तहसम्म पु¥याउन आवश्यक रहेको बताए । 

पार्टीका स्कुल विभागका प्रमुखसमेत रहनुभएका अध्यक्ष ओलीले ‘जबज’ समाज सापेक्ष विचार भएको र त्यसको जगमा पार्टीले जनताको मन जितेको उल्लेख गर्दै आफ्नो सरकारका पालामा भएका राम्रा काम, नीति कार्यक्रम र समृद्धिका योजनाबारे देशव्यापी प्रशिक्षण सञ्चालन गरिने बताए । 

स्कुल विभाग उपप्रमुख तथा एमाले स्थायी कमिटीका सदस्य शङ्कर पोखरेलले प्रशिक्षित कार्यकर्ताले मातहतका सदस्यलाई प्रशिक्षण दिन आग्रह  गरे । उनले सबै जनवर्गीय सङ्गठनका केन्द्रीय नेतालाई प्रशिक्षण दिने अभियान स्कुल विभागको जारी रहेको  बताए । 

प्रशिक्षणमा नेताहरु प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, डा राजन भट्टराई, वृन्दा पाण्डेलगायतले सहजीकरण गरेका थिए । महासङ्घका अध्यक्ष खगेन्द्र राईले सातदिने प्रशिक्षणबाट आफ्नो सङ्गठनमा थप ऊर्जा मिलेको  बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव