१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशी नागरिकलाई गृहमन्त्री बनाउने संसदीय व्यवस्थाको कुनै नीति छैन: धमेन्द्र बाँस्तोला

१२ पुष २०७९, मंगलवार ०७:२०

पुस १२, काठमाडौँ । नेकपा बहुमतका नेता धमेन्द्र बाँस्तोलाले संसदीय व्यवस्थाले देशको विकास नहुने बताएका छन्।

नेकपा बहुमत क्रान्तिकारी र नेकपा मशालबीच एकताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मंसिर ४ को निर्वाचनमा खसेको मतबाटै संसदीय व्यवस्थामाथि असन्तुष्टि देखेको बताए।


भ्रष्टाचार र अस्थिरतातर्फ लैजाने उनको भनाइ छ। उनले नागरिकता विवाद नटुंगिदै रवि लामिछानेलाई गृहमन्त्री बनाएको प्रति असन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘रवि छामिछानेले गृहमन्त्री नपाए समर्थन फिर्ता गर्छु भन्नुभयो। उहाँको नागरिकता विवादबारे सर्वोच्च अदालतमा मुद्धा छ। नेपाली नागरिक हो कि अमेरिकी भन्ने टुंगो भएको छैन। कानुनी हिसाबले उहाँले नेपाली नागरिकता छाडिसक्नुभएको छ। उहाँ एउटा अमेरिकन नागरिकका हिसाबले चुनावमा जानुभयो र जित्नुभयो।’

विदेशी नागरिक अदालतमा मुद्धा हुँदासम्म उपप्रधानसहित गृहमन्त्री संसदीय व्यवस्थाले समृद्धि ल्याउन नसक्ने जिकिर गरे।

उनले भने, ‘भोलि अदालतले सफाइ देला तर त्यो अलग कुरा भयो। तर, अदालतको फैसला नआउँदै गृहमन्त्री भए। त्यसले यो व्यवस्थामा कुनै नीति र नैतिकता नभएको देखाउँछ। अराजकता मात्रै छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह