१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी ओलीले देउवालाई कुनै हालतमा प्रधानमन्त्री नछाड्नुस् भनेर झुक्याएछन्- माधव नेपाल

१२ पुष २०७९, मंगलवार ११:०८

पुस १२, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले शेरवहादुर देउवालाई झुक्याएर गठबन्धनबाट प्रचण्डलाई खोसेको टिप्पणी गरेका छन् ।

सुदूरपश्चिमबाट निर्वाचित नेकपा एसका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको स्वागतमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ओलीको चाल देउवाले बुझ्न नसक्दा गठबन्धन भताभुंग भएको बताए ।


नेपालले भने– म तपाईंहरुलाई गोप्य कुरा भन्छु, मोबाइल बन्द गर्नुस् । केपी ओलीले त्यो दिन (आइतबार) बिहान पनि देउवाजीलाई फोन गरेर तपाई कुनै हालतमा प्रधानमन्त्री नछाड्नुस् । त्यसपछि प्रचण्ड रिसाएर हिँड्छन् । मैले उनलाई समर्थन गर्दिनँ, तपाई ५ वर्ष नै प्रधानमन्त्री बन्नुहोला भनेछन् । देउवाजी मख्ख परेर बसे । प्रचण्डले गठबन्धन तोडियो भनेर बालुवाटार बाट हिँडेपछि पनि देउवालाई विश्वास थिएन । ४ बजेसम्म केपी ओलीलाई पर्खेर बालुवाटारमा बस्दा उता हस्ताक्षर भइसकेको थियो । मलाई फोन गरेर माधवजी प्रचण्डजीलाई भन्नुस् पहिलो कार्यकाल उहाँलाई नै दिने हो । तर त्यतिबेला ढिला भइसकेको थियो । समय घर्केपछि भनेर हुन्छ ? उनीहरु राष्ट्रपतिकोमा गइसकेका थिए ।

नेपालले प्रचण्ड हिँडेपछि पनि आफूले गठबन्धनकै सरकार बनाउन भनेर रवि लामिछानेलाई खबर गर्दा उनले आफू त बालकोट पुगिसकेको बताएपछि कुरा बित्याँस भएछ भन्ने लागेको सुनाए । उनले राजेन्द्र लिङदेनले आफ्नो फोन नउठाएको र केपी ओलीको प्रयास असफल बनाउन नसकिएको सुनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह