१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डबारे मेरो धारणा यथावत् छ, राप्रपाले सरकारलाई समर्थन गर्न यी ३ सर्त राख्नुपर्छ: रवीन्द्र मिश्र

१३ पुष २०७९, बुधबार ०६:१८

पुस १२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी कुनै हालतमा सरकारमा जान नहुने बताएका छन्।

बहुमतको सरकार नै बन्न नसक्ने अवस्था देखिएका कारण अन्तिम घडीमा सरकार गठनमा समर्थन गरे पनि अब सरकारलाई समर्थनको निरन्तरताका लागि राप्रपाले तीन सर्त राख्नुपर्ने मिश्रले बताए। राप्रपासहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।


मिश्रले गत मंसिरमा भएको चुनाव प्रचारका क्रममा माओवादी पेन्डुलम भएर बस्ने र बिलय भएर जाने अभिव्यक्ति दिएका थिए। ‘यो देशमा अबको केही वर्षमा जम्मा तीन वटा पार्टी रहन्छ- राप्रपा, एमाले र कांग्रेस,’ मिश्रले भनेका थिए, ‘माओवादी पेन्डुलमजस्तो यता र उता गर्छ। कि त्यो बिलय हुन्छ कि साँघुरिएर बस्छ। त्यसबाहेक क्षेत्रीय दलहरू सानो-सानो अवस्थामा रहन्छ। नेपालमा मुलत तीन पार्टी रहन्छ। तीमध्ये एमाले र कांग्रेस एकै कित्तामा भएका दुई नामका पार्टी हुन्। किनभने यी दुवै पार्टीको लगभग प्रचण्डीकरण भइसक्यो। त्यही बाटोमा हिँडेका छन्। अर्को नरम सम्बर्द्धनवादी धारमा राप्रपा छ। धर्म, संस्कृति, देशको पहिचान जोगाउनुपर्‍यो, त्यो जगमा प्रगतिशील र रूपान्तरण गर्नुपर्‍यो भन्ने धार राप्रपाले बोकेको छ, यो धार पर्दैन।’

साथै मिश्रले नेपाली कांग्रेस र एमालेलाई प्रचण्डीकरण भएको आरोप लगाएका थिए। अहिले राप्रपाले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेपछि उक्त कुरा उप्काउँदै मिश्रमाथि ट्वीटरलगायतमा धारणा माग भइरहेका थिए। मिश्रले मंगलबार बेलुकी ट्वीट गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका कुरासमेत उल्लेख गरेका छन्, जसमा लिङ्देन पनि पार्टी सरकारमा जाँदैन भनिरहेको उल्लेख छ।

‘तथ्य र तीन सर्त, राप्रपा सरकारमा जाँदैन: राजेन्द्र लिङदेन। कुनै हालतमा जानु हुँदैन: म,’ मिश्रले गरेको ट्वीटमा उल्लेख गरिएको छ, ‘समर्थनका सम्बन्धमा प्रचण्डबारेको मेरो पुरानो व्यक्तिगत धारणा यथावत् छ। तर बहुमतको सरकार नै बन्न नसक्ने अवस्था देखिएका कारण अन्तिम घडीमा राप्रपाले सरकार निर्माणमा समर्थन गरेको हो।’

पुस १० गते अध्यक्ष लिङ्देन नयाँ सरकार गठनलगायत विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा पुगेका थिए। बालकोटबाट फर्केपछि लिङ्देनले पदाधिकारी बैठक राखेर 'नयाँ सरकार गठनमा राप्रपा बाधक नबन्ने' निर्णय गराएका थिए। सोही दिन अध्यक्ष लिङ्देन सहितको समर्थन पत्रबाट माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। 

‘राप्रपाको बैठकले सरकारलाई समर्थन गर्ने निर्णय गरिसक्दा बाहिर अरू केही पनि समर्थन गरिसकेछन्। जसले गर्दा धेरैलाई राप्रपाले समर्थन नगरेको भए पनि बहुमतको सरकार निर्माण हुन्थ्यो भन्ने पर्‍यो, जुन साँचो हो। तर अवस्था सोचेभन्दा फरक किसिमबाट विकसित भएको थियो,’ मिश्रले भनेका छन्।

प्रचण्ड ७ दल र ३ स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। सरकार बनाउन १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ। सरकारलाई दिएको समर्थनको निरन्तरताका लागि राप्रपाले कम्तिमा पनि ३ वटा सर्त राख्नुपर्ने वरिष्ठ उपाध्यक्ष मिश्र बताउँछन्।

१. पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस वा नेपाल दिवस घोषणा गरियोस्।

२. संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधान सभाले जनतासँग धर्म निरपेक्षताबारे संकलन गरेको जनमतको यथार्थ विवरण सार्वजनिक गरियोस्, जनचाहना अनुरूप निर्णय गरियोस्।

३. उच्चस्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गरियोस्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह