१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामसहायप्रसाद यादव भए जसपा संसदीय दल नेता

१३ पुष २०७९, बुधबार ०७:३५

पुस १३, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन्।

संसदीय दलको नेतामा दाबी गर्दै आएका अशोक राई पछि हटेपछि उनी निर्विरोध निर्वाचित भएको सांसद नवलकिसोर साहले जानकारी दिए।


‘रामसहाय यादवको मात्रै मनोनयन दर्ता भएकोले उहाँ निर्विरोध चयन हुनुभयो,’ साहले भने।

यादव जसपा अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र हुन्। उनी बारा २ बाट निर्वाचित भएका थिए।

उनलाई संसदीय दलको नेता बनाउन अध्यक्ष यादवले पहल गरिरहेका थिए। 

बुधबार पनि सांसदहरूलाई टेलिफोन गरेर यादवलाई निर्विरोध नेता चयनमा सघाउन अध्यक्ष उपेन्द्रले आग्रह गरेका थिए।

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्। जसपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा रहेको अहिलेको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी भने भएको छैन।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह