१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेता हरिबोल गजुरेलले अस्वीकार गरे उपराष्ट्रपति

१३ पुष २०७९, बुधबार ११:०९

पुस १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपछि उनले सो पद अस्वीकार गरेका हुन् । 


राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा लगायत नेताहरूले इच्छा देखाएका छन् । माओवादी भागवण्डामा उपराष्ट्रपति पद परेपछि प्रचण्डले गजुरेललाई प्रस्ताव गरेका हुन् । ‘मैले अझै राजनीतिबाट विश्राम लिने सोचेको छैन । पार्टीको कुनै कार्यकारी पदमा गएर काम गर्ने सोचेको छु’ गजुरेलले भने, ‘राष्ट्रपति पदमा जान्न भनेको छु । अरु नियुक्तिहरुमा पनि जाने कुनै योजना छैन ।’

पार्टीमा धेरै खालका सुधार गर्नुपर्ने भएकाले उपराष्ट्रपति नजाने योजना बनाएको गजुरेलले बताए । ‘पहिला पार्टी बनाउनुपर्यो । पार्टी बलियो र प्रभावकारी भएमा जुनसुकै पद लिए पनि हुन्छ । अब पार्टी नै बलियो भएन भने जुनसुकै पद लिए पनि के हुन्छ र ? उनले भने, ‘त्यसैले पार्टी बनाउन महाधिवेशनदेखि नै कार्यकारी भूमिका खोजेको थिए ।’

राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अवस्थामा राष्ट्रपति महिला भएमा उपराष्ट्रपति पुरुष हुन सक्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह