२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्ता गठबन्धनको बैठकमा किन गएनन् तीन दल?

२०७९, १४ पुष बिहीबार ०७:०४

पुस १४, काठमाडौँ | सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनको बैठकले आगामी ५ दिनभित्र सरकारका न्यूनतम् साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी थिए ।

गृहमन्त्री लामिछानेले ती दलका नेताहरु उपत्यकाबाहिर व्यस्त भएकाले बैठकमा सहभागी नभएको बताएका छन्। 'अन्य दलका प्रतिनिधिहरु आजको बैठकमा आउनु भएन। उहाँहरु सरकारमा जाने तयारीमै हुनुहुन्छ', लामिछानेले भने, 'केही नेता उपत्यकाबाहिर भएकाले पनि आउनु भएन। अब सबै दलका नेताहरु जुटेर बैठक बस्छ, अनि साझा मस्यौदा बनाउँछ।'

बैठकपछि बोल्दै गृहमन्त्री रवि लामिछानेले सरकारका साझा कार्यक्रम निर्माणका लागि बैठकमा गम्भीर छलफल भएको बताएका छन्।

तर साझा कार्यक्रम निर्माणको निर्णयका लागि बसेको बैठकमा गठबन्धनका तीन दल भने सहभागी भएनन्। यसरी बालुवाटारमा बसेको गठबन्धनको पहिलो बैठकमा सहभागी नहुनेमा जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी रहेका छन्। 

गत आइतवार बालकोटमा बनेको सात दलीय गठबन्धनका यी तीनै सदस्य दलले सरकारलाई समर्थन गरिसकेका छन्। 

जनमतका सांसद अब्दुल खानले उद्योग मन्त्रीको जिम्मेवारी लिइसकेका छन्। जसपाले सरकारमा जानका लागि रामसहायप्रसाद यादवलाई दलको नेता चयन गरेको छ।

नागरिक उन्मुक्तिले पनि अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेता चयन गरिसकेको छ। तर अहिलेसम्म सरकारमा जानेबारे केही बोलेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो