१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्ता गठबन्धनको बैठकमा किन गएनन् तीन दल?

१४ पुष २०७९, बिहीबार ०७:०४

पुस १४, काठमाडौँ | सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनको बैठकले आगामी ५ दिनभित्र सरकारका न्यूनतम् साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी थिए ।

गृहमन्त्री लामिछानेले ती दलका नेताहरु उपत्यकाबाहिर व्यस्त भएकाले बैठकमा सहभागी नभएको बताएका छन्। 'अन्य दलका प्रतिनिधिहरु आजको बैठकमा आउनु भएन। उहाँहरु सरकारमा जाने तयारीमै हुनुहुन्छ', लामिछानेले भने, 'केही नेता उपत्यकाबाहिर भएकाले पनि आउनु भएन। अब सबै दलका नेताहरु जुटेर बैठक बस्छ, अनि साझा मस्यौदा बनाउँछ।'

बैठकपछि बोल्दै गृहमन्त्री रवि लामिछानेले सरकारका साझा कार्यक्रम निर्माणका लागि बैठकमा गम्भीर छलफल भएको बताएका छन्।

तर साझा कार्यक्रम निर्माणको निर्णयका लागि बसेको बैठकमा गठबन्धनका तीन दल भने सहभागी भएनन्। यसरी बालुवाटारमा बसेको गठबन्धनको पहिलो बैठकमा सहभागी नहुनेमा जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी रहेका छन्। 

गत आइतवार बालकोटमा बनेको सात दलीय गठबन्धनका यी तीनै सदस्य दलले सरकारलाई समर्थन गरिसकेका छन्। 

जनमतका सांसद अब्दुल खानले उद्योग मन्त्रीको जिम्मेवारी लिइसकेका छन्। जसपाले सरकारमा जानका लागि रामसहायप्रसाद यादवलाई दलको नेता चयन गरेको छ।

नागरिक उन्मुक्तिले पनि अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेता चयन गरिसकेको छ। तर अहिलेसम्म सरकारमा जानेबारे केही बोलेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह