१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुस २७ लाई राष्ट्रिय एकता दिवसकाे रूपमा मनाइने

१४ पुष २०७९, बिहीबार ०७:५४

पुस १४, काठमाडौँ | सरकारले १६ वर्षअघि नेपाली कांग्रेसका नेता तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकाे मन्त्रिपरिषद्ले गरेको निर्णयलाई खारेज गर्दै स्व.पृथ्वीनारायण शाहको जन्मजयन्ती अर्थात् पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरेको छ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई मन्त्रिपरिषदमा सहभागी हुन दिएको निमन्त्रणामा राप्रपाले केही सर्त राखेकाे थियाे। यसमध्ये याे पनि एक प्रमुख सर्त हाे।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ७ वटा सिट जितेकाे राप्रपा हाल सरकारमा सहभागी नभएपनि बाहिरबाट समर्थन भने गरिरहेको छ।

‘पृथ्वीजयन्तीलाई राष्ट्रिय एकताका रूपमा पुनर्स्थापना र सार्वजनिक बिदाबारेका हाम्रा असहमतिपूर्ण माग पूरा भएका छन्’ , राप्रपाकाे उच्च स्रोतले भन्याे।

पार्टीलाई उपप्रधानमन्त्री र थप दुई मन्त्रीको प्रस्ताव आएको बुझिएको भए पनि यसबारे छिट्टै अन्तिम निर्णय हुने स्रोतले जनाएको छ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गिरिजाप्रसाद कोइरालाको गृहमन्त्री हुँदा यो दिवसलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन बन्द गर्ने निर्णय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह