१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस प्रदेश-१ संसदीय दलमा तीन जनाको उम्मेदवारी, पछि हटे पराजुली

१४ पुष २०७९, बिहीबार ०८:१५

पुस १४, काठमाडौँ | नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा संस्थापन पक्षका दुईसहित तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

संस्थापन पक्षका देउवा पक्षीय नेता अमृत अर्याल र सिटौला पक्षका नेता उद्धव थापाले उम्मेदवारी दर्ता गराउँदा संस्थापनइतर पक्षबाट केदार कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। 

दलको नेता दाबी गरिरहेका भीम पराजुली उद्धव थापाको समर्थक बसेका छन्। सिटौला पक्षबाट दुई जना हुने भएपछि उद्धव मात्रै अघि सरेका हुन्।  

संस्थापन पक्षले एक जनामात्रै उम्मेदवार बनाउन गरेको प्रयास विफल भएपछि दुई जनाले नै उम्मेदवारी दर्ता गरेका हुन्। संसदीय दलमा  शुक्रबार ९ देखि १० बजेसम्म विराटनगरमा निर्वाचन हुँदैछ। 

अहिले प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलको नेता हुन पाइने र भविष्यमा जुनसुकै बेला सरकारको नेतृत्वको अवसर आउने सम्भावना भएको भन्दै कांग्रेसभित्र तीव्र प्रतिष्पर्धाको अवस्था छ। 

९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन्। कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनैपर्छ। त्यसका लागि १५ मत आवश्यक पर्छ। 

हालसम्मको अवस्थामा कोइराला समूहको प्रभाव क्षेत्र मानिने प्रदेश १ मा पनि सबभन्दा बलियो अवस्थामा सभापति देउवा समूह नै  देखिन्छ।

१४ औं महाधिवेशनताकाकै अवस्था विद्यमान रहेको अवस्थामा देउवा पक्षमा ११ देखि १२ सांसद देखिन्छन् भने सिटौला र शेखरका पक्षका सांसदको संख्या समान ९–९ जना छ। तर, केही सांसदलाई देउवा र शेखर समूह दुवैले आफ्नो समूहमा राखेका छन्।  

संस्थापन पक्षको पनि देउवा समूहले आफ्नो समूहमा १२ जना रहेको दाबी गर्दै आएको छ।  

अमृत अर्यालसहित हिमाल कार्की, सदानन्द मण्डल, इस्राइल मन्सुरी, खगेनसिंह हाङ्गाम, प्रदीपकुमार सुनुवार, डोल्मा तामाङ, लीलाकुमारी राई, मैया श्रेष्ठ, सुनिता गच्छदार, सुनिताकुमारी गुरूङ र ममता मगर तामाङ गरी १२ जना आफ्नो समूहमा रहेको देउवा पक्षको दाबी छ । 

शेखर कोइराला–गगन थापाहरूले नेतृत्व गरेको संस्थापनइतर समूहले आफूसँग १० जना रहेको दाबी गर्दै आएको छ।

केदार कार्कीसहित  शमसेर राई, रामकुमार खत्री, इन्दिरा थापा, विनोद राई, मानबहादुर लिम्बू, गोविन्द गिरी र गयानन्द मण्डल सांसद छन्। यो समूहले मैया श्रेष्ठ र लीलादेवी राईलाई पनि आफ्नै समूहमा गणना गरिरहेको छ। 

सिटौला समूहबाट उद्धव थापा र भीम पराजुलीसहित भूमिप्रसाद राजवंशी, भूपेन्द्र राई, खगेश्वरी पौडेल, मोहन महर्जन, शोभा चेम्जोङ पालुङ्वा, लेखीकुमारी गणेश र गोपाल तामाङ गरी ९ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह