१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका तीन मुख्यमन्त्री ‘फिक्स’ : वागमती र लुम्बिनीमध्ये एउटा टुंगिन बाँकी

१४ पुष २०७९, बिहीबार ०८:३७

पुस १४, काठमाडौँ | प्रचण्डलाई अप्रत्याशितरूपमा प्रधानमन्त्री बनाएर नेकपा माओवादी केन्द्रलाई आफ्नो पक्षमा पारेको नेकपा एमालेले चारवटा प्रदेश सरकार रोजेर लिने भएको छ । तर, शीर्ष तहमा औपचारिक रूपमा कुन प्रदेश कसले पाउने भन्ने टुंगो भने लागिसकेको छैन ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले लगभग एमालेले लिने प्रदेश प्रष्टै रहेको भन्दै स्थायी कमिटी सदस्य संसदीय दलको नेता भएका ठाउँमा माओवादीको दाबी नरहने बताएका छन् । उनले वागमती र लुम्बिनीमध्ये एमाले तथा माओवादीले एक-एकवटा बाँड्ने बताए ।


एमालेका तीनजना स्थायी कमिटी सदस्य प्रदेशमा चुनाव लडेका थिए । तीमध्ये हिक्मत कार्की प्रदेश १, खगराज अधिकारी गण्डकी र यामलाल कँडेल कर्णालीमा संसदीय दलको नेता चयन भइसकेका छन् । यी नेता मुख्यमन्त्री बन्ने तय भइसकेको र यसमा शीर्ष तहमै टुंगो लागिसकेको छ ।

एमालेले यी तीन प्रदेशबाहेक वागमती वा लुम्बिनीको नेतृत्व पाउनेछ । यसपटक उत्कृष्ट नतिजा दिने प्रदेशमध्ये वागमतीभन्दा लुम्बिनी रहेकाले एमालेको स्थानीय नेतृत्वले लुम्बिनीको दावी गरेको छ । तर संघीय राजधानी समेत रहेको प्रदेश भएकाले एमालेको दावी वागमतीमा पनि यथावत छ ।

वागमति संसदीय दलमा चितवनका जगन्नाथ थपलिया सर्वसम्मत चयन भइसकेका छन् । लुम्बिनीमा एमालेका सिनियर नेतामध्ये रुपन्देहीका लीला गिरी नै मुख्यमन्त्रीका दाबेदार हुन् । वागमतिमा माओवादीबाट शालिकराम जमरकट्टेल, सरल सहयात्री र युवराज दुलाल दाबेदार छन् ।

लुम्बिनीमा प्रचण्डको प्रमुख स्वकीय सचिव रहिसकेका नेता जोखबहादुर महरा दाबेदार छन् । ओली र प्रचण्डकै तहमा छलफलपछि वागमति र लुम्बिनीको टुंगो लाग्ने नेताहरुले बताएका छन् । यसबाहेक माओवादीले सुदूरपश्चिमको पनि नेतृत्व पाउनेछ । मधेस प्रदेशमा भने पेचिलो अवस्था छ ।

प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल हो । तर, यहाँ तीनभन्दा बढी दल मिलेरमात्र सरकार बन्ने अवस्था छ । जसपा र जनमत पार्टीको आधार क्षेत्र भएकलो दुवैले मुख्यमन्त्री दाबी गरेका छन् । सत्ता गठबन्धनमा यसबारे सहमति गरेर आलोपालो हुनसक्ने सम्भावना छ । यद्यपी ठूलो दल भएको र मधेसमा एमालेलाई पहिलो बनाएका कारण आफूहरूले नेतृत्व पाउनुपर्ने एमाले नेता तथा प्रदेश सभा सदस्य सरोज यादवले बताए ।

एमालेले मुख्यमन्त्री लिएका प्रदेशमा गठबन्धनका अन्य दलले सभामुख पाउनेछन् । गठबन्धनका अन्य दलले मुख्यमन्त्री पाएका ठाउँमा एमालेले सभामुख पाउनेगरी मिलाइएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह