१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लामिछाने नेतृत्वको पार्टीबाट सम्भावित मन्त्रीको सूचीमा को–को ?

१४ पुष २०७९, बिहीबार ११:००

पुष १४, काठमाडौँ | सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनदेखि पाँच मन्त्रालयमा दाबी गरेको छ । सो पार्टीबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेकाले थप मन्त्रीका लागि पार्टीभित्र छलफल तीव्र बनेको नेताहरुको भनाइ छ । 

रास्वपाले प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा शिक्षा, स्वास्थ्य, सहरी विकास र श्रम मन्त्रालय दाबी गरेको एक नेताले जानकारी दिए ।  ‘हामीले मन्त्रालय भागबन्डा पुर्‍याउन मात्रै दाबी गरेका छैनौं । जनतालाई प्रत्यक्ष लाभ हुने र परिणाम देखाउन सक्ने मन्त्रालय दाबी गरेका छौँ,’ ती सांसदले भने, ‘शिक्षा र स्वास्थ्यमा परिणाम देखाउन सकिन्छ । त्यहाँ भएका थुप्रै विकृति विसंगति हटाउन सकिन्छ भन्ने छ ।’

पार्टी सभापति लामिछानेले विगतदेखि नै श्रमका विषयलाई महत्वका साथ उठाउँदै आएकाले श्रम मन्त्रालय पनि पार्टीले पाउनुपर्ने रास्वपाको भनाइ छ ।  सत्ता साझेदार दलमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक भएकाले सम्माजनक भागवण्डा हुनुपर्ने ती सांसदले बताए । पार्टीबाट मन्त्री बन्नेमा सबैभन्दा धेरै शिशिर खनाल, सन्तोष परियार, विराजभक्त महर्जन, तोसिमा कार्की, चन्दा कार्की र सुमना श्रेष्ठको चर्चा छ । लामिछानेले भने सांसदको योग्यता र क्षमताका आधारमा मन्त्री चयन गर्ने तयारी गरेका छन् । 


यसैबीच लामिछानेले सत्ता साझेदार दलमा रास्वपाले उपसभामुख पाउनुपर्ने दाबी गरेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष,  सभामुख कतै दाबी नगरेकाले उपसभामुख पाउनुपर्ने दाबी गरेका हुन् । प्रदेशमा हिस्सेदारी नपाउने भएकाले उपसभामुख पाउनुपर्ने दाबी गरिएको अर्का एक सांसदले बताए । 

यदि राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएमा सोविता गौतमलाई अघि सार्ने तयारी गरिएको  छ । कानुनी विषयमा जानकार भएकाले गौतमलाई उपसभामुखमा अघि सार्ने तयारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह