१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसपाको कार्यकारिणी समिति बैठक जारी

१६ पुष २०७९, शनिबार ०७:२९

पुस १६, काठमाडौँ | मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको रणनीति तय गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेरअघि सुरु भएको बैठकमा सरकारमा सहभागिता, पार्टीको आगामी महाधिवेशनलगायत विषयमा छलफल भइरहेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । 

उहाँका अनुसार निर्वाचनको समीक्षा गर्दै पार्टीको महाधिवेशनबारे निर्णय हुनेछ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको जसपाले सरकारमा सहभागिताबारे निर्णय गरिसकेको छैन । आजको बैठकमा सो विषयमा पनि निर्णय हुनसक्ने जसपाले जनाएको छ ।

यसैबीच जसपाले मधेस प्रदेशसभामा संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ । लालकिशोर साहको संयोजकत्वमा गठित समितिको सदस्यमा दिनेश यादव र रवीन्द्र गिरी रहनुभएको छ । मधेस प्रदेशमा जसपाको प्रत्यक्षतर्फ निर्वाचित नौ र समानुपातिकतर्फ सात गरी १६ सदस्य रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह