१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकवानपुरमा भ्यान दुर्घटनामा एकको मृत्यु, ८ घाइते

१७ पुष २०७९, आईतवार ०६:४३

पुस १७, काठमाडौँ | मकवानपुरको भैंसेमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। आइतबार बिहान त्रिभुवन राजपथअन्तर्गत भीमफेदी-२ भैंसे आँपचौर नजिक हेटौंडाबाट थाहा नगरको दामनतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको भ्यान अनियन्त्रित भइ नालीमा पुग्दा दुर्घटना भएको थियो ।


दुर्घटनामा बारा विश्रामपुर गाउँपालिमा-३ का २० वर्षीय राहुलकुमार पण्डितको मृत्यु भएको हो । दुर्घटनामा घाइते उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही स्थान बस्ने २७ वर्षीय अजय चौरसिया, भारतको झारखण्ड घर भएका ३६ वर्षीय विजय दास, पर्सा वीरगन्ज महानगरपालिका १७ बस्ने १८ वर्षीय सुमित गुप्ता, पर्सा बौदरमाई-५ बस्ने २६ वर्षीय दिनानाथप्रसाद, बारा विश्रामपुर-३ मुसरहवा बस्ने अन्दाजी १८ वर्षीय शिवजी साह, बारा विश्रामपुर-३ मुसरहवा बस्ने अन्दाजी १८ वर्षीय धिरज चौरसिया र सोही स्थान बस्ने १७ वर्षीय पप्पुकुमार गुप्ता र पर्साको बौदरमाई ५ बस्ने अन्दाजी २८ वर्षीय उमेश कुशवाह रहेको मकवानपुर प्रहरीले जनाएको छ।

घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था मध्यम रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जनाएका छन्। पिकअप चालक भने सम्पर्कमा नरहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह