२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश– १ मा नयाँ सरकार गठनका लागि दलहरुलाई अह्वान, कहिलेसम्म सरकारको दाबी गर्न सक्छन् ?

२०७९, १७ पुष आईतवार ०७:३१

पुस १७, काठमाडौँ | प्रदेश १ मा नयाँ सरकार गठनका लागि दलहरुलाई अह्वान गरिएको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार गठनका लागि आह्वन गरेका हुन् ।

संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई सरकार निर्माणको लागि आह्वान गरिएको छ । उपधारा १ मा बहुमत प्राप्त दललाई सरकार गठनका लागि अह्वान गर्ने प्रधावधान छ । तर गत मंसिर ४ गतेको निर्वाचनमा कुनै पनि दलले बहुमत नल्याएपछि उपधारा २ अनुसार प्रदेश सरकार गठन हुनेछ ।


अब दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्नेछ ।

दलहरुरलाई मुख्यमन्त्रीको दाबीका लागि प्रदेश प्रमुख खापुङले आगामी पुस २४ गते अर्थात अर्को आइतबार ५ बजे सम्मका लागि समय दिएक छन् ।

संविधानको धारा १६८ को उपधारा ३ मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुनसक्ने अवस्था नरहेमा उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ।

प्रदेश १ मा एमाले सबैभन्दा ठूलो दल रहेको छ । एमालेसँग ४० सिट रहेको छ। दोस्रोमा रहेको कांग्रेससँग २९ माओवादी केन्द्र १३, त्यस्तै एकीकृत समाजवादी पार्टीको ४, जनता समाजवादी पार्टीको १ र राप्रपाको ६ सिट रहेको छ ।

प्रदेश १ मा नयाँ सरकार बनाउनका लागि ४७ सिट संख्या आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी