पुस १७, काठमाडौँ | झापाको दुधेमा आइतबार दिउँसो जंगली हात्तीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ ।
चारवटा जंगली हात्तीले स्थानीय एक घर भत्काउँदा दुईजना घाइते भएका थिए । घरको ब्लकले थिच्दा गम्भीर घाइते भएकी ६१ वर्षीया कृष्णमाया भण्डारीको उपचारका क्रममा मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
घर भत्कँदा उनका श्रीमान ७१ वर्षीया शान्तीराम भण्डारी पनि घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।