१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

१९ पुष २०७९, मंगलवार ०५:१८

पुस १९, काठमाडौँ । रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह  नेकपा एमाले पार्टीमा  प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई  खाँदा ओढाएर टीका लगाई  विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए ।

उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो । 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार तथा पुर्व मन्त्री हाल नख्खु कारागारमा रहेका महमद आफताभ आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी विजयी भएका थिए । २०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका उनी गत निर्वाचनमा क्षेत्र २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

किरण साहलाई जिताउन प्रभु नेतृत्वको स्वतन्त्र जिताऊ अभियानमा भूमिका खेलेको भन्दै हालै गठन भएको आम जनता पार्टीमा किरण साहलाई विभागीय प्रमुखको जिम्मेवारी दिएको थियो । तर स्वतन्त्र जिताऊ अभियान एक जना लाई जिताउन मात्र सक्रिय रहेको तथा आफूलाई क्षेत्र २ का जनताले मत दिएर जिताएको भन्दै आम जनता पार्टीको जिम्मेवारी लिन सांसद  साहले अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह