२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीसँग एकताबारे नेसपाको राजनीतिक समितिको बैठकमा छलफल हुने

२०७९, १९ पुष मंगलवार ०६:४९

पुस १९, काठमाडौँ । आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयबारे छलफल गर्न बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) ले पुस २४ गते राजनीतिक समितिको बैठक बोलाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले आगामी रणनीति, आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि छलफल गर्नका लागि बैठक बोलाइएको जानकारी दिएका छन् ।


बैठकमा नेकपा माओवादी केन्द्रसँगको एकताका बारेमा पनि छलफल हुने नेता पाण्डेले बताएका छन् । पार्टी एकताका विषयमा नेसपा र माओवादीबीच विभिन्न तहमा छलफल जारी रहेको छ ।

पाण्डे भन्छन्, 'अब समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने बेला आएको छ । समाजवादी पक्षधरहरु अलग अलग हुनुभन्दा एकताबद्ध भएर अघि बढ्नु नै अहिलेको समयको माग हो । समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने कुरामा नेसपा र माओवादीबीच करिब-करिब सहमतिजस्तै छ ।'

नेसपा गत प्रदेश तथा प्रतिनिधिसभा चुनावमा माओवादीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो । उक्त पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिन्द्र राय यादव, वाग्मती र गण्डकीमा क्रमश: गंगानारायण श्रेष्ठ, फणीन्द्र देवकोटा निर्वाचित भएका थिए । त्यस्तै नेसपालाई पनि समेट्ने गरी माओवादीले मधेसी महिलामा उमरावतीदेवी यादवलाई समानुपातिक सांसद बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी