१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा

१९ पुष २०७९, मंगलवार ०९:३५

पुस १९, काठमाडौँ । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अनुशासन विपरीत काम गरेको अरोपमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले मंगलबार उपरथी शाहीलाई संगठन विपरीत गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको छ ।


उमेर हदका कारण शाही बुधबार (पुस २०) बाट नियमित अवकासमा जाँदै थिए । शाहीले सेनाबाट अवकासको पत्र पनि बुझिसकेका थिए । तर आफ्नो वास्तविक उमेरभन्दा १ वर्ष बढी कायम गरिएको भन्दै शाही सैनिक मुख्यालय र रक्षा मन्त्रालयको निर्णयविरुद्ध दुई पटक सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतले यही पुस १३ मा शाहीको पक्षमा अन्तरिम आदेश जारी गर्दै जंगी अड्डाको अवकासमा पठाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि शाही मंगलबार नियमित कामको लागि जंगी अड्डा पुगेका थिए । लगत्तै सैनिक प्रहरीको टोलीले शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

सैनिक प्रवक्ता कृष्ण भण्डारीले उपरथी शाही सैनिक प्रहरीको अनुसन्धानमा रहेको बताए । भण्डारीका अनुसार शाहीलाई अहिले स्वास्थ्य परिक्षणको लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको छ । ‘स्वास्थ्य परिक्षणपछि उपरथी शाहीलाई अस्पतालमै राखेर वा सैनिक मुख्यालय ल्याएर अनुसन्धान सुरु गर्ने भन्ने विषय चिकित्सकको सल्लाह अनुसार हुन्छ,’ उनले भने । प्रवक्ता भण्डारीले उपरथी शाहीलाई अनुसन्धान पूरा नभएसम्मका लागि सैनिक मूख्यालयमै राखिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह