१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली र यादवबीच भेट, उपराष्ट्रपति नछाडने

२० पुष २०७९, बुधबार ०७:०७

पुस २०, काठमाडौँ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ । यादव एमाले अध्यक्ष ओलीलाई भेटन मंगलबार बेलुकी बालकोट गएको स्रोतले बताएको छ । 


यादवले अध्यक्ष ओलीसँग उपराष्ट्रपतिमा आफ्नो पार्टीले दावी दोहोर्‍याएका थिए । जसपाले उपराष्ट्रपतिसहित दुई मन्त्रीमा दावी गर्दै आएको छ । अध्यक्ष ओलीले एमालेले राष्ट्रपतिमा कसलाई पठाउने भन्ने बारे निर्णय गरिनसकेकाले राष्ट्रपति/उपराष्ट्रपतिलगायत अन्य पदहरु प्याकेजमै टुङग्याउनुपर्ने बताएको स्रोतको दावी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग समेत यादवले उपराष्ट्रपति पद आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेका छन् । उनीहरुबीच सरकार संचालन र सरकारले ल्याउने साझा कार्यक्रमबारे समेत छलफल भएको छ।

प्रचण्ड यादवको मागमा सकारात्मक रहेको उनकै पार्टीका एक नेताले बताए । जसपाले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम हेरेपछि मात्रै सरकारमा जाने/नजाने निर्णय गर्ने जनाएको छ । मंगलबार बसेको जसपाको बैठकले यस्तो निर्णय गरेको हो ।

सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताका लागि पहल सुरु गरेका छन् । यादवले एकीकृत समाजवादीसँग छिट्टै एकता हुने बताउँदै हिँडेका छन्। तर, एकीकृत समाजवादीका नेताहरुले भने एकताका लागि छलफल अघि बढेको भएपनि तत्काल त्यो संभवन नहुने बताए । जसपाले बारा–२ बाट जितेका राम सहाय यादवलाई संसदीय दलको नेता बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह