२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य माओवादी केन्द्रमा फर्किए

२० पुष २०७९, बुधबार ०७:५०

पुस २०, काठमाडौँ | रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र)मा फर्किनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उहाँ माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बन्नुभएको थियो । 


उहाँ लुम्बिनी प्रदेशसभामा भारी मतले विजयी हुनुभएको थियो । मगरले पार्टी छाडेकामा आत्मआलोचित हुँदै पुनःमाओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाउनुभएको छ । पार्टी छाडेर निर्वाचनमा उम्मेदवार बनेपछि उहाँलाई माओवादीले निष्कासन गरेको थियो ।  

मगरलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रोल्पाका प्रतिनिधिसभा सदस्य एवम् माओवादी नेता वर्षमान पुनले पार्टीमा स्वागत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो छतबाट खसेर किशोरीको मृत्यु