१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेब्रुअरीदेखि तपाईँको कम्प्युटरमा ‘गुगल क्रोम’ नचल्न सक्छ ! त्यसो भएमा के गर्ने ?

२० पुष २०७९, बुधबार ०८:२३

पुस २०, काठमाडौँ | टेक जायन्ट कम्पनीले आगामी फेब्रुअरी महिनाको दोस्रो साता देखी वेब ब्राउजर गुगल क्रोमको नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । यससँगै सो मितिदेखि गुगलले आफ्नो पुरानो भर्सनको वेब भर्सनमा टेक्निकल सपोर्ट बन्द गर्ने छ ।

हाल गुगलको गुगल क्रोम १०९ नामक संस्करण सञ्चालनमा छ । हाल सञ्चालनमा रहेको यो भर्सन विन्डोज ७ भन्दामाथिका अपरेटिङ सिस्टम भएका कम्प्युटरहरुमा मात्र उपलब्ध छ भने क्रोमको नयाँ संस्करण क्रोम ११० भने विन्डोज १० भन्दा माथिका अपरेटिङ सिस्टममा मात्र उपलब्ध हुने छ ।


हाल सञ्चालनमा रहेको क्रोम १०९ लाई गुगलले पूर्ण रूपमा बन्द नगर्ने भएतापनि जनावरी १५ देखि यसको टेक्निकल सपोर्ट बन्द हुने हुँदा यो भर्सनका प्रयोगकर्ताहरूले कुनै पनि सुरक्षा सुधार र थप कुराहरू सहित कुनै पनि नयाँ अद्यावधिकहरू प्राप्त गर्ने छैनन् ।

तसर्थ क्रोम १०९ का प्रयोगकर्ताहरूको क्रोम कारणबस बन्द भएमा अपरेटिङ सिस्टमलाई अपडेट ९ विन्डोज १० कम्तीमा ० गरेर क्रोमको नयाँ भर्सन प्रयोग गर्न पर्ने हुन्छ ।

‘क्रोम १०९ क्रोमको अन्तिम संस्करण हो जसले Windows 7 / Windows 8/8.1 लाई समर्थन गर्नेछ। क्रोम 110 संभवत फेब्रुअरी ७, २०२३ मा रिलिजको लागि निर्धारित गरिएको भर्सन हो जसलाई Windows 10 वा पछिको आवश्यक पर्छ।’ गुगलले भनेको छ ।

क्रोमलाई अपडेट किन गर्नु पर्छ ?

नवीनतम विन्डोज अपरेटिङ सिस्टम को साथ वेब ब्राउजर अपडेट गर्नाले क्रोमद्वारा रोल आउट गरिएका नवीनतम सुरक्षा अपडेटहरू र सुधारहरू प्राप्त गर्न सकिन्छ ।

कम्प्युटरलाई दुर्भावनापूर्ण आक्रमण, चोरी, फिसिङ, भाइरस ट्रोजन, स्पाइवेयर, एडवेयर, र अन्य मालवेयर लगायतका साइबर थ्रेटबाट जोगाउनका निमित्त पनि अपडेट आवश्यक हुन्छ । नयाँ संस्करणमा युजर एक्स्पेरियन्स पनि पहिलाका संस्करण भन्दा सबल हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह