२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्योगी व्यवसायीले सरकारी कार्यालय र राजनीतिज्ञकाेमा गएर समय खेर फाल्नु पर्दैन: गृहमन्त्री लामिछाने

२०७९, २० पुष बुधबार ०८:५०

पुस २०, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्।

बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरूलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन्।


उनले उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिवद्धतासमेत जनाए।

गृहमन्त्री लामिछानेले भने,‘मुलुकको अर्थतन्त्रमा परेको प्रभाव कालोबजारीको कारण परेको भनेर अर्थमन्त्रीज्यूले ठूलो रकम देखाउनुभएको छ। आफैँमा मेरा लागि चुनौतीको विषय छ। कालोबजारी चोरी पठारी प्राथमिकतामा पर्छन्। निर्धक हुनूस् हिजोको जस्तो अवस्था रहँदैन। प्रमुख जिल्ला अधिकारीहरूलाई कुनै पनि अपराध,कालोबजारी नियन्त्रणका विषयमा कुनै पनि राजनीतिक दलहरूको दबाब आए कारबाही पर्नेछन्। उद्योग, व्यवसायको सुरक्षा र उन्नतिको लागि गृहमन्त्रालयले गर्ने कुनै पनि कामले चुक्दैनौँ। मन्त्रालयमा कुनै कामको लागि व्यवसायीहरूले मन्त्रालय वा कार्यालय धाउनुपर्दैन। अब उद्योगी व्यवसायीहरूले सरकारी कार्यालय, कार्यालय हाकिम र राजनीतिज्ञहरूकाेमा गएर समय खेर फाल्नु पर्दैन। सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह सुझाव दिनूहोला।’

उनले लामिछानेले प्रभाव कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कोलोबजारी गर्नु गृह मन्त्रालयको लागि चुनौतीकाे विषय भएको पनि बताए।

चेम्बरले गृहमन्त्रीलाई कालोबजारी,सीमानाकाबाट हुने चोरीपैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी