१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२० पुष २०७९, बुधबार ०९:०२

पुस २०, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न बुधबार बिहान महाराजगन्जस्थित शीतल निवास गएका थिए। उनीहरूबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल भएको थियो। एमाले अध्यक्ष ओलीले करिब दुई घन्टा राष्ट्रपति भण्डारीसँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेको स्रोतले बताएको छ।


निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी गरिरहेको छ। राष्ट्रपतिको निर्वाचनको तयारी भइरहेका बेला सत्तारुढ दल एमालेका अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीसँग छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अध्यक्ष ओलीले मंगलबार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवाचन्द्र नेम्वाङसँग छुट्टाछुट्टै छलफल गरेका थिए। मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका ओली फर्किएपछि बालकोटामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए। मंगलबार नै ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेको स्रोतले बतायो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह