११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकले बनाए भाइरस खाने जीव

२१ पुष २०७९, बिहीबार ०८:२५

पुस २१, काठमाडौँ | विभिन्न रोग व्याधी फैलाउने विषाणु अर्थात् भाइरसबाट दुनिया आक्रान्त छ । पछिल्लो ३ वर्षदेखि कोरोना भाइरसलाई दुनियामा आतंक मच्चाइरहेको छ । यसैबीचमा वैज्ञानिकहरुले एउटा यस्तो खोज गरेका छन् जसले भाइरसको आतंकमा पूर्णविराम लगाउने सम्भावना देखाएको छ ।

वैज्ञानिकहरुले यस्तो जीव पत्ता लगाएका छन् जसले भाइरसलाई खान्छ । अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का लिंकनका वैज्ञानिकहरुले भाइरसलाई नष्ट गर्ने यस्तो जीव पत्ता लगाएका हुन् । यसले भाइरसलाई नियन्त्रण गर्नका लागि भविष्यमा यो जीवको प्रयोग गर्न सकिने सम्भावना देखिएको बताइएको छ ।


सफा पानीमा पाइने यो सुक्ष्म जीव विश्वमै हालसम्म पाइएको यस्तो जीव हो जसले केवल भाइरस मात्र खाएर आफ्नो पेट भर्दछ । अर्थात् यसको खाना भन्नु नै केवल भाइरस मात्रै हो । हुन त आवश्यकता अनुसार भाइरसलाई खाने अन्य जीवहरु पनि हुन्छन्, जसलाई भिरोभोरी भनिन्छ । तर पछिल्लो पटक पत्ता लागेको जिवले भने केवल भाइरसको मात्रै भोजन गर्दछ ।

यो जीवको नाम हाल्टेरिया हो । यो प्रोटिस्टा वर्गका पर्दछ । यसले आफ्नो कपालजस्तै पातलो सुँड पानीमा लहराउँछ र त्यसैले भाइरस पक्रिन्छ र खान्छ । प्रयोगशालामा उक्त जीवले क्लोरोभाइरस खाएको छ, जुन निकै ठूलो अर्थात् ब्याक्टेरियाकै आकारको भाइरस हो । भाइरसलाई खाएर नै हाल्टेरियाले विश्वभरका पानीका श्रोतमा आफ्नो संख्या बढाइरहेको वैज्ञानिकहरु बताउँछन् ।

रोचक त के भने क्लोरोभाइरसलाई खाइसकेपछि हाल्टेरियाले आफ्नो सरीरलाई टुक्रा टुक्रा पार्दछ र ती हरेक टुक्राबाट नयाँ हाल्टेरिया पैदा हुन्छन् ।

शोधकर्ता जोन डिलंगका अनुसार भाइरस र हाल्टेरिया बीचको यो सम्बन्ध अद्भूत छ । भाइरसलाई खाने र आफैलाई विभाजन गरेर संख्या बढाउने हाल्टेरियाले ठूलो मात्रामा उर्जा पैदा गरिरहेको हुन्छ ।

प्रयोगशालामा अध्ययनका क्रममा भाइरस भोजन गरेपश्चात् २ दिनमै हाल्टेरियाको संख्या १५ गुणाले बढेको र भाइरसको संख्या सयौँ गुणाले घटेको पाइएको थियो ।

वैज्ञानिकहरुका अनुसार हाल्टेरियाको खोज निकै महत्वपूर्ण खोज हो र यसमाथि थप अनुसन्धानको खाँचो छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह