११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्डको अर्को निर्देशन : पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउनु

२१ पुष २०७९, बिहीबार ०८:४५

पुस २१, काठमाडौँ | तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुनसाथ 'निर्देशन स्टन्ट' शुरु गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन्।

बिहीवार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


प्रधानमन्त्री तथा मन्त्रिीपरषद्को कार्यालयमा बिहीवार वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन्। आपूर्ति सचिव नेपाल आयल निगमको अध्यक्ष रहने व्यवस्था छ। निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा ९९ करोड रुपैयाँ नाफा हुने देखिएको छ।

निगमले १८ अर्ब रुपैयाँ बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार भएको छैन। चौतर्फी रुपमा मूल्य घटाउन निगमलाई दबाब परेपनि अस्वीकार गर्दै आएको छ। लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको बताइएको छ।

यसअघि प्रधानमन्त्री प्रचण्डले कर्मचारीलाई विभिन्न निर्देशन दिइसकेका छन्।

प्रचण्डले मंगलबार सचिवलाई दिएका ३० निर्देशन दिएका थिए। प्रधानमन्त्रीको शपथ लिएकै दिन बालुवाटारमा भड्किलो सामान नकिन्न आफ्नै सचिवालयलाई प्रचण्डले निर्देशन दिएका थिए। त्यसैगरि पुस १५ गते प्रधानमन्त्रीले विदेशबाट ‘एकभन्दा बढी मोबाइल सेट ल्याए’ कर तिर्नुपर्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका थिए। उक्त निर्देशन कार्यान्वयन नभएको गुनासो आएपछि फेरि प्रचण्डले मोबाइल सहजै ल्याउन दिनू भनी निर्देशन दिएका थिए।

प्रचण्डको पुस १७ गते दूध व्यवसायीले आफूखुसी मुल्य बढाएको भन्दै यसलाई रोक्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवलाई निर्देशन दिएका थिए। त्यसैगरी उनले कम्बोडियामा मृत्यु भएका नेपालीको शव तत्काल ल्याउनसम्म यसअघि निर्देशन दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह