२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेदुराम भुसालकाे नेतृत्वमा बाम एकताका लागि ४ सदस्यीय कार्यदल गठन

२०७९, २१ पुष बिहीबार १०:४६

पुस २१, काठमाडौँ | नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय सचिवालय बैठकले वाम एकताको लागि कार्यदल गठन गरेको छ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय ४५ औँ सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय बाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो।

बैठकले कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको पार्टी प्रवक्ता एवं पार्टी उपमहासचिव जगन्‍नाथ खतिवडाले बताए।


कार्यदलले बामपन्थीहरूसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने उनकाे भनाइ छ।

उनले भने, ‘हामीले गत पोलिटब्युरो बैठकबाट एउटा प्रस्ताव पारित गरेका थियौँ। हामी बाम एकताको लागि विभिन्न ढंगले पहल गर्ने र त्यसको अगुवाइ हाम्रो पार्टीले सुरुवात गर्ने भनेर निर्णय गरेका थियौँ। यसै विषयमा व्यापक छलफल गरेका छौँ। विगतमा हामीले बनाएको एउटा कमिटी थियो, जसले ४-५ वटा पार्टीलाई हाम्रो पार्टीमा समावेश गरेका थियाैँ। त्यसलाई सँगै पूरा गर्ने जिम्मेवारी पूरा गर्न कमरेड महासचिव वेदुराम भुसाल नेतृत्वको गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल गरी ४ सदस्यीय वाम एकता सम्बन्धी कार्यदल गठन गरेका छौँ। यो कार्यदलले वामपन्थीहरूसँग छलफल गरी निष्कर्ष निकाल्नेछ ।’

उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा औपचारिक प्रस्ताव नै सरकार पक्षका पार्टीहरूले नगरेको बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी