११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेदुराम भुसालकाे नेतृत्वमा बाम एकताका लागि ४ सदस्यीय कार्यदल गठन

२१ पुष २०७९, बिहीबार १०:४६

पुस २१, काठमाडौँ | नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय सचिवालय बैठकले वाम एकताको लागि कार्यदल गठन गरेको छ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय ४५ औँ सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय बाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो।

बैठकले कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको पार्टी प्रवक्ता एवं पार्टी उपमहासचिव जगन्‍नाथ खतिवडाले बताए।


कार्यदलले बामपन्थीहरूसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने उनकाे भनाइ छ।

उनले भने, ‘हामीले गत पोलिटब्युरो बैठकबाट एउटा प्रस्ताव पारित गरेका थियौँ। हामी बाम एकताको लागि विभिन्न ढंगले पहल गर्ने र त्यसको अगुवाइ हाम्रो पार्टीले सुरुवात गर्ने भनेर निर्णय गरेका थियौँ। यसै विषयमा व्यापक छलफल गरेका छौँ। विगतमा हामीले बनाएको एउटा कमिटी थियो, जसले ४-५ वटा पार्टीलाई हाम्रो पार्टीमा समावेश गरेका थियाैँ। त्यसलाई सँगै पूरा गर्ने जिम्मेवारी पूरा गर्न कमरेड महासचिव वेदुराम भुसाल नेतृत्वको गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल गरी ४ सदस्यीय वाम एकता सम्बन्धी कार्यदल गठन गरेका छौँ। यो कार्यदलले वामपन्थीहरूसँग छलफल गरी निष्कर्ष निकाल्नेछ ।’

उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा औपचारिक प्रस्ताव नै सरकार पक्षका पार्टीहरूले नगरेको बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह