११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेताको खुलासा- प्रचण्ड प्रम बन्नुअघि प्रदेश सरकारको नेतृत्वबारे कुनै निर्णय भएको छैन

२२ पुष २०७९, शुक्रबार ०६:५८

पुस २२, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्वोले सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको विषयमा कुनै समझदारी भइनसकेको खुलासा गरेका छन् ।

प्रदेश – १ अर्थमन्त्रीसमेत रहेका नेता आङ्वोले सामाजिक संजला फेसबुकमा स्टाटस लेख्दै सरकार गठन हुनुअघि दलहरुबीच प्रदेशको नेतृत्वबारे कुनै सहमति नभएको स्पष्ट पारेका हुन् ।

गत पुष १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा एमाले र माओवादीबीच प्रदेश सरकारको नेतृत्वका लागि पनि बाँडफाँड भइसकेको बताइएको थियो । तर आङ्वोले भने उक्त भनाइको खारेजी गरेका हुन् ।


‘अफवाहहरुको पछि नकुदौँ । सत्ता साझेदार दलहरूबीच प्रदेश सरकारहरुको साझेदारी र बाँडफाँडमा कुनै निर्णय र सहमति भइसकेको छैन,’ आङ्वोले भनेका छन् ।

उनले केन्द्रीय स्तरमा हुने सहमतिलाई टुंगोमा नपुगी प्रदेश स्तरमा भइरहेका निर्णय तथा छलफललाई अनौपचारिक मात्रै हुने बताएका छन् ।

त्यस्तैगरी आङ्वोले प्रदेशमा पार्टी र संसदीय दल भित्र पात्रहरुले प्राप्त गर्ने कुनै जिम्मेवारीको बारेमा छलफल नै प्रारम्भ नभएको र पार्टीको माथिल्लो निकाय प्रदेशस्तरमा कुनै पनि निर्देशन वा दवाव नआएको पनि स्पष्ट पारेका छन् ।

यसअघि एमालेसहितको ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनु अघि ७ प्रदेशमध्ये ४ को मुख्यमन्त्री एमाले, २ प्रदेश माओवादी र मधेश प्रदेशको नेतृत्व जसपा र जनमत पार्टीले आधा आधा कार्यकाल लिने सहमति चर्चा चलेको थियो ।

आङ्वो प्रदेश – १ को मुख्यमन्त्रीका दावेदार हुन् । त्यस्तै एमालेका हिक्मत कार्कीले पनि प्रदेश मुख्यमन्त्रीमा दावी गरिरहेका छन् । तर सत्ता गठबन्धनका दलहरुबीच प्रदेश १ कसको भागमा पर्ने भन्ने निर्क्यौल हुन सकेको छैन ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकार गठनका लागि यसअघि नै समयसीमा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह