११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसले लिङ्देनलाई भन्दा पहिले रविलाई पनि प्रधानमन्त्रीको अफर गरेको थियो !

२२ पुष २०७९, शुक्रबार ०८:१३

पुस २२, काठमाडौँ | नेपाली काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि प्रधानमन्त्रीको अफर गरेको खुलेको छ ।

शुक्रबार मात्रै काँग्रेसले वर्तमान सरकारलाई नै ढाल्ने हेतुले राष्ट्रिस प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरेको समाचारहरु बाहिर आएका थिए । त्यस लगत्तै सरकारका उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पनि प्रधानमन्त्रीको कार्ड फालिएको बुझिएको छ ।


स्रोतका अनुसार काँग्रेसले लिङ्देनलाई भन्दा पहिले लामिछानेलाई सत्ता गठबन्धन छोडेर आए प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गएको थियो ।

तर जवाफमा लामिछानेले आफू  गृहमन्त्रीसहित उपप्रधानमन्त्री बनिसकेकाले अब  नैतिक रुपमा प्रस्ताव स्वीकार गर्न नसक्ने जावाफ दिएको बताइएको छ ।

आफू मन्त्री भइसकेकाले यही सरकारलाई निरन्तरता दिने लामिछानेले बताएको स्रोतको भनाइ छ ।

पार्टीले भर्खरै जन्मिदै गरेको अवस्थामा सत्ताको लागि कुनै प्रकारको नैतिकताविहीनको राजनीति नगर्ने भन्दै लामिछानेले अस्वीकार गरेको बताइएको छ।

काँग्रेससँग समझदारी हुन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेसहितको ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् । उनले यही पुस २६ गते विश्वासको मत लिँदैछन् ।

काँग्रेसले प्रभण्डलाई विश्वासको मत प्राप्त गर्नबाट बञ्चित गराउन गठबन्धनका दलहरुलाई विभिन्न पदको प्रलोभव देखाउँदै आफ्नो पक्षमा तान्ने प्रयत्नमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह