११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको नागरिकता विवाद : प्रक्रियाबारे न्यायाधीशहरुको प्रश्नैप्रश्न

२२ पुष २०७९, शुक्रबार ०९:०३

पुस २२, काठमाडौँ | उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे जारी बहसमा न्यायाधीशहरुले सरकारी र निवेदकतर्फका वकिलहरुसँग प्रश्न गरेका छन् । न्यायाधीशहरुले विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिक बन्ने प्रक्रियाबारे प्रश्न गरेका हुन् ।  सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा लामिछानेको मुद्दाबारे बहस चलिरहेको हो ।


बहसका क्रममा निवेदकको तर्फबाट अधिवक्ता रमन कर्णले बहस गर्दा नागरिकता सम्बन्धी ऐनमा स्वतः खारेज हुने व्यवस्था भएपनि पुनः प्राप्तिको व्यवस्था नभएको उल्लेख गरे । सो क्रममा न्यायाधीश सिंहले ‘कुनै नागरिक स्टेटलेस हुन सक्छ ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा कर्णले स्टेटलेस नहुने तर पुनः प्राप्तिका लागि प्रक्रिया पुरा गर्नुपर्ने बताए । 

सो क्रममा सरकारी वकिलको तर्फबाट सञ्जीवराज रेग्मीले बहस गरे । उनले रविको नागरिकताको विषयमा नागरिकता ऐन २०६३  र राहदानी ऐनअनुसार छानबिन  भइरहेको बताए । सो क्रममा न्यायाधीश खतिवडाले सोधे, ‘रवि लामिछानेले भिसा लिएर आएको देखियो, तपाईँ के भन्नुहुन्छ ?’ जवाफमा रेग्मीले भने, ‘त्यसमा केही भन्नै परेन । विदेशी हकमा भिसा जारी हुन्छ ?’

त्यससपछि उनले उताको नागरिकता त्याग गरेपछि यताको प्रक्रिया पुरा गर्नुपर्छ कि पर्दैन भनेर प्रश्न गरे ।  यस्तै  सिन्हाको अर्को प्रश्न गरे, ‘प्रक्रियामा जानु पर्छ कि पर्दैन ?’ सो क्रममा उनले नागरिक स्वतः हुने र अनागरिक नहुने बताए । त्यसपछि प्रतिप्रश्न गर्दै कामु प्रधानन्यायाधीश कार्कीले प्रक्रियाबारे प्रश्न गरे । उनले भने, ‘नागरिक स्वतः हुने कुरा त फरक कुरा होला तर प्रक्रिया ?’ बहस जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह