११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

२३ पुष २०७९, शनिबार ०३:४६

पुस २३, काठमाडौं | उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवापछुवा गाडी हटाएका छन् । गृहमन्त्री लामिछानेले ‘आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने’बताउँदै आफ्नो अगुवापछुवामा हुने सुरक्षा टोली हटाएका हुन् ।

गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरीक्षकको नेतृत्वको सुरक्षाकर्मी राख्दै आएका छन् ।

‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारी क्रममा रहने अगुवापछुवा सुरक्षाकर्मीसहितको गाडी हटाएर मैले आजैबाट अगाडि एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भैपरि आउदाको परिस्थितिलाई अपवाद मानिदिनुहोला,’सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्पष्ट पारेका छन् ।

उनले आफू सधैं ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्ने जनाएका छन् । ‘सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउनेमा प्रतिबद्ध छु । कुनै अकाट्य परिस्थिति आइपर्दाबाहेक म आङ्खनो कार्यकालभर नै यी नियम पालना गर्छु,’ उनले भनेका छन् । साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको आलोचक भएको बताउँदै उनले आकस्मिक अवस्थाबाहेक आफूबाट त्यस्तो गतिविधि नहुने जानकारी गराएका छन् । व्यक्तिगत कामका लागि कतै जानु परे वा बिदाका दिन हिँड्नुपरे निजी सवारीसाधन प्रयोग गर्ने उनले बताएका छन् । उनले भने ‘यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नुपरेमा त्यसको हिसाब राज्यलाई बुझाउने छु,’।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह